गएराति पोखरामा भारतीय नम्वर प्लेटको गाडी माथि आगलागी

पोखरा, १४ मंसिर-
भारतीय नम्वर प्लेटको गाडी माथि गएराति पोखरामा आगलागी भएको छ ।

तृर्थालु वोकेर पोखरा आएको यु पि ५१ टि ८३११ नम्बरको भारतीय नम्बर प्लेटको गाडी माथि गएराति रहस्यमय रुपमा पोखराको डिहिकोपाटनमा पार्किङ गरेर राखेको उक्त गाडी माथि आगजनी भएको स्थानीयले बताएका छन । यस घटनाको बिषयमा कास्कीका प्रहरी प्रमुख एसपी हरी बहादुर पालले गएराति एक बजेको समयमा तीन जनाको एक समुहले पेट्रोल छर्कीएर उक्त बस माथि आगजनी गरी भागेको बताएका छन । बस माथि आगजनी गर्नेहरुको खोजि कार्य भईरहेको उनले बताए । केहि पर्यटन व्यावसायीहरुले भने उक्त बसमा पेट्रोल तथा डिजेल भएको कारणले गर्दा प्राबिधिक कारण बसमा आगलागी भएको हुन सक्ने बताएका छन ।

तृर्थालु बोकेको उक्त वसका चालक मापसे गरेर बसमा वसेको कारणले गर्दा आगलागी हुदा केहि ढिलो भाग्न सफल भएकोले उनको हात खुट्टामा आगोले पोलेको छ भने सहचालक समयमै भाग्न सफल भएकोले उनी सामान्य अबस्थामा रहेको बताइन्छ । आगलागीका कारण उक्त बस ८० प्रतिशत जसो जलेर नष्ट भएको कास्की प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button