१७ औं पोखरा सडक महोत्सव पुष १३ देखि हुने

पोखरा, मंसिर-

अग्रेंजी नयाँ बर्षको अवसरमा बर्षेनी आयोजना हुदै आएको पोखरा सडक महोत्सव यस बर्ष आगामी पौष १३ देखि हुने भएको छ । रेष्टुरेण्ट एण्ड वार एसोसिएसन रेवान पोखराले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा १७ औं संस्करणको उक्त महोत्सव पौंष १३ देखि १७ गतेसम्म हुने भएको जानकारी गराईएको हो ।

देशमा भएको असहज परिस्थितीका वावजुत पनि आफुहरुले आयोजना गर्दै आएको उक्त महोत्सवलाई यस बर्ष पनि निरन्तरता दिन लागेको रेवान पोखराका अध्यक्ष गोपी भट्टराईले बताए । उनले भने “भारतीय नाकावन्दीको कारण हाल पर्यटन क्षेत्र निकै प्रभावित पारेको छ तर पनि हामीले विगत देखि संचालन गर्दै आएको उक्त महोत्सवलाई प्रतिकुलमा अनुकुल खोज्दै उक्त महोत्सव मनाउने तयारीमा जुटेका छौं । ” खाना पकाउने एलपी ग्याँस र दाउरा सहज रुपमा उपलब्ध हुन नसकेको अबस्थामा यस महोत्सवको अवसरमा भए पनि आफुहरुले सहज पार्न विभिन्न सरोकार निकायसंग छलफल गर्ने उनले बताए । यस महोत्सवमा विभिन्न राष्ट्रहरुको खानाको परिकारको स्वाद महोत्सवमा उपलब्ध गराउन सम्बन्धित राजदुतहरुसंग भेटघाटको कार्यक्रम समेत आयोजना गर्न लागेको उनले जनाए ।

सकडकमै खाँउ, सडकमै नाचौं, सडकमै रमाऔं

pokhara street festival

सकडकमै खाँउ, सडकमै नाचौं, सडकमै रमाऔं भन्दै आयोजना हुने महोत्सवमा लेकसाईडको फिस्टेल गेटदेखि अम्बोट, गौरीघाट, बाराहिचोक खहरे हुदै डिहिको पाटनसम्म करीब ३ किलोमिटर सडकको क्षेत्रमा महोत्सव आयोजना हुने भएको छ । गन्तव्य पोखराको रुपमा विकास गर्दै आन्तरीक तथा बाहिय पर्यटक प्रबद्र्धन गर्ने उद्धेश्यले उक्त महोत्सव यस पाली पनि उतिकै सफल हुने संयोजक दोर्जे लामाले बताए ।

पोखरा र यस क्षेत्रको कला संस्कृति, भेष भुषाको जर्गेना गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन पनि महोत्सव निरन्तर आयोजना गर्दै आएको महोत्सव संयोजक लामाले बताए । महोत्सवमा राष्ट्रिय लोकदोहोरी गीत, बाल उद्यान, फुड फेष्ट, पन्चे बाजा, नेवारी लाखे नाच, गुरुङ नाच, तिव्यतियन नाच, थकाली नाच, भजन चुड्का, मगर कौडा, तामाङसेलो,भक्तपुरे धिमे नाच, थारु स्टिक नाच, मयुर नाच प्रस्तुत गरीने भएको रेवानले जनाएको छ । हस्तकलाका सामाग्रिहरुको स्टललाई भने निशुल्क ठाँउ उपलब्ध गराउने भएको महासचिव लक्ष्मण बरालले बताए ।

रेवान पोखराका अध्यक्ष गोपी बहादुर भट्टराईको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष भरतराज पराजुली, पोखरा पर्यटन परिषदका अध्यक्ष सोम थापा, निर्वतमान अध्यक्ष बलराम पहारी, उपाध्यक्ष चौ बहादुर गुरुङ लगायतले उक्त महोत्सव सफल पार्न आग्रह गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button