२ करोडको लागतमा कृषि बजार संचालनमा

पोखरा, २० मंसिर-
पोखरा पृथ्बीचोक वसपार्क क्षेत्रमा सस्तो बजारको रुपमा सौजन्य कृषि बजार संचालनमा आएको छ । पाँच जना युवा व्यावसायीहरुको लगानीमा कृषि उत्पादनलाई बजारीकरण गरी स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न उक्त कृषि बजार हालै संचालनमा ल्याएको सौजन्य कृषि बजार प्रा.लि.का अध्यक्ष अमरबहादुर के.सी.ले आईतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बताए ।

फुटपात रहित बजारको परिकल्पना

kirana

फुटपात रहित बजार व्याबस्थापना गर्नको लागि पृथ्बीचोक तथा वसपार्क क्षेत्रको बजारमा डोके तथा फुटपाते व्यापारीहरुको कारणले गर्दा अस्त व्यस्त भएको बजारलाई व्याबस्थापना गर्न आफुहरुले सो क्षेत्रमा उक्त कृषि बजार स्थापना गरेको अध्यक्ष के.सी.ले दाबी गरे । तरकारी, फलफूल, लक्ताकपडाको होलसेल तथा खुद्रा सस्तो बजारको रुपमा स्थापना गरीएको उक्त बजारमा ९५ वटा स्टलहरु रहेको अध्यक्ष के.सीले जानकारी गराए । अमरबहादुर के.सी., हरीनारायण गिरी, मिन बहादुर खड्का, चित्र कुमराी थापा र सन्तोस आचार्यको संयुक्त लगानीमा २ करोडको लागतमा उक्त कृषि बजार हालै संचालनमा आएको हो ।

तीन महिनासम्मको लागि १० देखि ३० प्रतिशतसम्म छुट

discount

निम्न बर्गका व्यावसायीहरुलाई समेट्दै विस्तारै ठुलो व्यावसाय गर्ने लक्ष्य अनुरुप आफुहरुले केहि फुटपाते व्यापारीहरुलाई सो क्षेत्रमा व्यावसाय गर्न ल्याएको केसीले जनाए । उद्घाटनको अवसरमा आगामी तीन महिनासम्मको लागि १० देखि ३० प्रतिशतसम्म छुटको व्याबस्था गरीएको संचालक मध्यका एक सन्तोस आचार्यले बताए । उनका अनुसार आउदो पुष ५ देखि १२ गतेसम्म एक साता सौजन्य कृषि बजार मेला हुने भएको छ ।

अर्गानीक तरकारी र स्वदेशी उत्पादनलाई पहिलो प्रथामिकता

bazar2

स्वदेशी उत्पादनलाई पहिलो प्रथामिकता दिने अर्को संचालक हरी नारायण गिरीले बताए । अर्गानीक तरकारी सिजन अनुसार फलफुल बेमौसमी तरकारी, लोल खसी, कुखुरा, ब्रोईलर, राँगा, बंगुरको मासु, जिउदो माछा, कस्मेटिक तथा सिजन अनुसारको सबै उमेर समुहका मानिसहरुको लागि लक्ता कपडा उपलब्ध भएको उनले जनाए । उक्त बजारमा ९० प्रतिशत जसो स्टल वुकिङ भएको हाल ७० प्रतिशत जसो बजार बसेको र तरकारी, फलफूल, दुधजन्य पदार्थ लक्ता कपडाको व्यावसाय गर्नको लागि १० प्रतिशत जसो स्टल वाँकी रहेको प्रा.लिले जनाएको छ ।

पोखरा र आसपासका क्षेत्रमा उत्पादित बस्तुको बजारीकरण गरिने

masu

पोखरा क्षेत्रसंगै जोडिएका ग्रामिण भेगमा उत्पादन भएका कृषि तथा अन्नवालको बजारीकरण गर्न पनि आफुहरुले सो क्षेत्रमा कृषि बजार संचालना ल्याएको विदेशमा उत्पादन भएका बस्तु भन्दा स्वदेशमा उत्पादन भएका बस्तुहरु केहि महङगो भए पनि त्यसको गुणस्तर राम्रो हुने उनले दाबी गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button