सरकारले तराइ तथा मधेष नेताहरुसंग निर्णायक वार्ता गरी समस्या समाधान गर्ने

पोखरा, ०७ पौष –

सूचना, सञ्चार तथा प्रविधि मन्त्री शेरधन राईले सरकारले अब मधेसीदलहरुसंग  निर्णायक वार्ता गरी छिट्टै समस्या समाधान गर्ने बताएका छन । प्रेस चौतारी नेपाल कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले अव सरकारले तराइ तथा मधेष दलका नेताहरुसंग निर्णायक वार्ता गरी समस्या समाधान गर्ने आश्वासन दिएका दिएका हुन ।

अबको केही दिन भित्रमै नेपाल माथि भारतले लगाएको नाकावन्दी खुल्ने उनले बताए । उनले भने “अब नेपाली जनताले धेरै दिन नाकावन्दीको मार खेप्नु पर्दैन, अब देशले छिट्टै निकास पाउदैछ, मधेशमा आन्दोलनरत मधेशी मोर्चासँगअब केही दिनमै सहमति जुट्ने हामी आशा वादी छौं, वार्ताको निश्चित समय दिएर उक्त समयमा वार्तामा नआएर सरकारले एउटा निर्णय गरेर अघि बढ्छ । अबको केहि दिनमै सरकारले मिति, समय र स्थान तोकेर मधेषी दलहरुसंग निर्णायक वार्ताको आह्वान गर्ने बताएका मन्त्री राईले काठमाडौं वा तराई मधेश जुनसुकै ठाउँमा पनि वार्ता हुनसक्ने जनाए । उनले अबको वार्तामा मधेशी मोर्चा सहभागि हुने दाबी समेत गरे । उनले भने “मधेशी मोर्चा अबको निर्णायक वार्तामा नबसे सरकार  अब चुप लागे्र बस्न सक्दैन, संविधान र कानून् अनुसार अगाडी बढ्छ ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री राईले हाल जारी भएको संविधानसंसारकै उत्कृष्ट मध्यको एक भएकोे दाबी गर्दै यसले कसैलाई पनि विभेद नगरेको बताए । उनले नाकाबन्दी खुलेपछि सरकार नयाँ ढङ्गले सन्धि सम्झौता तथा व्यापार सम्झौता पुनरावलोकन गर्ने पक्षमा रहेको बताए । संविधानको स्वागतर अस्वीकार गर्ने दुई कोणबाट हेरिएको भन्दै अस्वीकार गर्ने पक्षले विलकुलै गलत, नाजायज मनसायबाट भ्रम फैलाएकाले यसलाई चिर्न सरकारले ‘जनताको संविधान, जनताकै माझमा’ १ महिने अभियान सञ्चालन गरिरहेको जानकारी दिए ।

सञ्चारमन्त्री राईले भुकम्प पीडित जनतालाई राहत दिन तत्काल पुर्ननिर्माण प्राधिकरण गठन हुने बताए । उनले यो वा त्यो बहानामा छिमेकी राष्ट्रसँग सम्बन्ध बिगार्ने पक्षमा सरकार नरहेको स्पष्ट पारे । मन्त्री राईले सञ्चार क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने उद्धेश्यले अबको मन्त्री परिषद बैठकले सञ्चार नीति पुनरावलोकनका लागि एउटा उच्चस्तरीय समिति बनाउने जानकारी दिए । सो समितिलाई ३ महिनाको समय दिएर काम गर्न दिईने बताए । मन्त्री राईले अबको २ महिना भित्रमा पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल निर्माण शुरु हुने जानकारी दिए । साथै उनले प्रदेश नम्बर ४ लाई उत्तरी छिमेकीराष्ट्रसँग जोड्न उत्तरी कोरला नाका सञ्चालन गर्न सरकारले तयारी गरेको बताए ।

संचार नितीलाई समेत परिमार्जन गर्न लागेको बताएका मन्त्री राईले नेपाल टेलिकमको सेवालाई गुणस्तरीय बनाउन तत्काल निर्देशन दिएको समेत बताए ।संचार पहुँच बनाउन स्कुल, कलेज, हस्पिटल, गाविसमा पहिलो प्रथामिकता दिएर ईन्टरनेट  सेवा संचालन गर्ने सरकारले तयारी गरेको बताए । उनले भने “ग्रामिण संचार कोषमा १२ अर्व थुप्रेको छ अब त्यो रकमलाई सदुपोग गर्न सरकारले गृह कार्य सूरु गरेको छ । ” प्रेस चौतारी कास्कीका अध्यक्ष माधव वरालको अध्यक्षतामा  उक्त कार्यक्रम  सम्पन्न भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button