कृषि व्यापार मेलामा दर्शकको भिड

पोखरा, १० पौष –

सौजन्य कृषि बजार प्रा.लि.द्वारा पृथ्वीचोकमा आयोजित कृषि व्यापार मेलाको तेश्रो दिन शुक्रबार दर्शकहरुको उपस्थिती उत्साहजनक रह्यो । मेलाको करिब २० हजार दर्शकले अवलोकन गरेको मेलाका संयोजक सन्तोष आचार्यले जानकारी दिए ।

शुक्रबार चर्चित लोकगायिका राधिका हमाल र लोकगायक पुरुषोत्तम न्यौपानेको दोहोरीले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाएको थियो । हमालले ‘क्याम्पस पढ्न आउनी..’ लगायतका चर्चित गीतहरु प्रस्तुत गरेकी थिईन् । दर्शकहरु गायक पुरुषोत्तम न्यौपानेको नयाँ तथा पुराना चर्चित गीतहरुमा नाँचेका थिए ।

आज शनिबार भने विशेष आकर्षणका रुपमा चर्चित लोकदोहोरी गायक पशुपति शर्माको प्रस्तुती रहनेछ । कलाकारहरु कृष्ण सुवेदी, कृष्ण अखेती, प्रदिप त्रिपाठी, सविना गुरुङ, लक्ष्मी नेपाली, काजल गुरुङ र हाँस्यकलाकार दीपक थापाको कमेडी नृत्य पनि आजको आकर्षण भएको संयोजक आचार्यले जानकारी दिए ।

मेलामा शुक्रबार करिब १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । स्थानीय कृषिजन्य उत्पादनको प्रदर्शन एवं विक्री वितरण भइरहको मेलामा प्रवेश निःशुल्क रहेको छ । मेलामा हेमजा, पामे, पुम्दीभुम्दी, स्याङ्जा लगायतका स्थानका अर्गानिक तरकारी, मुस्ताङको आलु, बन्दिपुरको भट्मास, गेडागुडि, कृस्ती, देउरालीको सुन्तला प्रदर्शन एवं विक्रीमा रहेका छन् । आफ्नै फर्मको खसीबोका, रुपा र बेगनास तालको ज्युँदा माछा, सम्पूर्ण घरायसी सामान र लत्ताकपडा पनि मेलाको आकर्षण रहेका छन् । पुस ८ गतेबाट सुरु भएको कृषि व्यापार मेला १२ गतेसम्म सञ्चालन हुने छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button