विभूतिमा अङ्ग्रेजी वक्तित्वकला प्रतियोगिता

पोखरा, २० पौष –

पोखराको रामवजारमा अवस्थित लेखनाथ विभूति सेकेण्डरी बोर्डिङ स्कुलमा अङ्ग्रेजी वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

माविस्तरीय प्रतियोगितामा श्रद्धा अधिकारी प्रथम, सागर राई द्धितीय, सुजन गुरुङ तृतीय र पूजा राई सान्त्वना हुन सफल भएका छन् । ‘देश विकासमा विद्यार्थीको भूमिका’ शिर्षकमा उनीहरुले आफ्नो प्रस्तुती राखेका थिए ।

यसैगरी निमाविस्तरीय ‘अनुशाशन’ शिर्षकको प्रतियोगितामा शिशिर अधिकारी प्रथम, शंकर नेपाली द्धितीय, विशाल अधिकारी र अनिशा थापा सान्त्वना हुन सफल भएका थिए । यसैगरी कक्षा २ मा भएको प्रतियोगितामा नन्दिता सुवेदी प्रथम, सुमिता खत्री द्धितीय र अरुण गुरुङ तृतीय हुन सफल भए । कक्षा तीनमा शंगम ढकाल प्रथम, अस्मिता न्यौपाने द्धितीय र ड्याजल गुरुङ तृतीय भए ।

प्रतियोगिताको निर्णायकमा शिक्षकहरु आनन्दप्रसाद भुषाल, राजन उपाध्याय र निरमाया रहनुभएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक अमर क्षेत्री र रोहिणी ढकालले गर्नुभएको थियो । विद्यालयका प्रिन्सीपल राजेश कुमार यादवको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button