युनाइटेड क्लवद्धारा चन्द्रज्योती उच्च माविमा अक्षयकोष स्थापनाका लागि सहयोग

पोखरा, २२ पौष –

युनाइटेड क्लव पोखराले आफ्नो शैक्षिक कार्यक्रम अन्तर्गत तनहुंको घिरिङ सुन्धारामा ५ मा रहेको चन्द्रज्योती उच्च माविमा ५० हजारको अक्षयकोष स्थापना गरेको छ । विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरेर क्लव र विद्यालयको सहकार्यमा अक्षयकोष स्थापना गरिएको हो ।

क्लवका शिक्षा समिती संयोजक तथा कोषाध्यक्ष राजु श्रेष्ठ र सचिव लालकाजी गुरुङले नेपाल सरकारका पशु बिकास मन्त्री शान्ता मानवी मार्फत विद्यालयमा स्थापना गर्न लागेको अक्षयकोषका लागी विद्यालयका ब्यवस्थापन समितीका अध्यक्ष र प्राचार्य रन वहादुर रानालाई चेक हस्तान्तरण गरिएको हो ।

उक्त समारोहमा वोल्दै पशु बिकास मन्त्री शान्ता मानवीले युनाइटेड क्लवले विद्यालयलाई गरेको सहयोगको श्रहाना गर्दै आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिदै जानुपर्नेमा जोड दिए ।

सो अवसरमा वोल्दै विद्यालयका प्राचार्य रन बहादुर रानाले युनाइटेड क्लवले पोखरामा रहेर दुर दराजमा रहेको विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे ।

क्लवका कोषाध्यक्ष तथा शिक्षा समितीका संयोजक राजु श्रेष्ठले क्लवले पोखरा र आसपासमा रहेका विद्यालयहरुलाई क्लवको विधी र विद्यान अनुसार शैक्षिक कार्यक्रमहरु गर्दै आएको र सोही अनुरुप घिरिङ सुनधाराको विद्यालयमा सहयोग गरेको वताए । आगामी दिनमा शैक्षिक कार्यक्रम अन्तर्गत दुर दराजमा रहेका विद्यालयहरुलाई शैक्षिक सहयोगलाई निरन्तरता दिने समेत उनले वताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button