माघ महिना देखि शेयरको कारोवार डिम्याट सिस्टमबाट अनिवार्य

पोखरा २२, पौष –

के तपाईले शेयरको कारोवार गर्दै हुनु हुन्छ, यदी गर्दै हुनुहुन्छ भने आउदो माघ महिना भित्र तपाईले सम्पूर्ण कारोवार विद्युतीय प्राविधिमा आधारित डिम्याट खाता खोल्नु पर्ने हुन्छ । नेपाल धितोपत्र बोर्डले विभिन्न विक्तिय संस्था तथा अन्य कम्पनीहरुमा रहेको शेयरलाई कागजी रुपमा रहेको शेयर प्रमाणपत्रको प्रयोग विना बिद्युतीय प्राविधिमा आधारित डिम्याट खाता खोलेर सोहि खाताबाट सम्पुर्ण शेयरको कारोवार एकै खाताबाट संचालन हुने सिस्टम लागु हुदै छ ।

dimat1

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डाक्टर रेवत बहादुर कार्कीले आगामी माघ महिनाको एक गते देखि लागु हुने गरी डिम्याट खाताबाट अनिवार्य रुपमा शेयरको कारोवार हुने बताए । बुधबार पोखरामा आयोजित डिम्याट खाता लन्च तथा सचेतना कार्यक्रमका प्रमुख आमन्त्रीत व्यक्ति अध्यक्ष कार्कीले आफुहरुले नयाँ प्रविधि अनुसार सेवा दिनको लागि उक्त सेवा विस्तार गरेको बताउदै यसबाट धेरै सेवाग्राहीहरुलाई नै प्रत्यक्ष फाईदा पुग्ने दाबी गरे । उनले भने “ यस अघि विभिन्न कम्पनीहरुमा भएको शेयरको कारोवार गर्दा शेयरप्रमाण पत्र वोकेर हिड्नु पर्ने, शेयरको वोनस आउदा पनि झनझट हुने तर डिम्याट खाता खोले पछि सवै झनझटबाट मुक्त हुने छ । ” विगत २ बर्ष देखि नेपालमा डिम्याट खाताको लागु हुन थाले पनि अनिवार्य रुपमा माघबाट हुने भए पछि जनताहरुमा पनि सचेतना आवश्यक भएको हो । हालसम्म १५ हजार ७ सय जना हितग्राह िखाता खोलिएको र खाताको आधारमा निक्षेप सदस्य मध्य अग्रणि स्थानमा रहदै हाल करीब २ करोड ३० लाख किक्ता शेयर अभौतिकिकरण गरीएको एनबीएल क्यापिटलले जनाएको छ । एनआईविएल क्यापीटल मार्केट लिमिटेडको आयोजनामा भएको उक्त कार्यक्रममा पोखरा क्षेत्रका विक्तिय संस्थाहरुका प्रमुख कार्यकारी अधिकृत, विक्तिय क्षेत्रमा कार्यरत पदाधिकारी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो । नेप्सेका प्रमुख व्याबस्थापक सिताराम थपलीया, एनआईबीएलका उपमहाप्रवन्धक राजन अमात्य, सिडिएसका प्रमुख कार्यकारी अधिकृत देव गुप्ता लगायतले बोलेका थिए ।

                                            डिम्याट खाता के हो र यो कसरी प्रयोग गर्ने

डिम्याट अगेंजी शब्द म्झबतभचष्बष्शिबतष्यल को सर्ट छोटकरी रुप हो । जसको अर्थ अभौतिकीकरण हुन्छ । अभौतिकरण भन्नाले कागजी रुपमा रहेका भौतिक धितोपत्रहरुलााई विद्युतीय माध्यमबाट अभिलेख राख्ने कार्य हो । जसको प्रमुख उद्धेश्य नेपाल ईस्टक एक्सचेन्जमा भएका धितोपत्रहरुको खरिद विक्रिलाई बिद्युतीय माध्यमबाट कारोवार गर्न, डिम्याट खातामा भएका धितोपत्रहरुको धितो वन्धकी राख्न, हकप्रद निस्काशन, वोनश निस्कासन, मर्जर लगायतको लागि बिद्युतीय प्रणालीमा जम्मा गर्नु गराउनु हो ।

खाता कसरी खोल्नेः डिम्याट खाता डिपी मार्फत सिडिएससीमा खाता खोल्ने प्रकृया निकै सरल छ । यो प्रकृया बैंक खाता खोले सरह नै हुने छ। खाता सुरुमा सेवाग्राहीले आवश्यक काजपत्रहरु प्ोश गर्नु पर्दछ । त्यस पछि सिडिएससीमा सम्वन्धित बैंकले खाता खोल्ने र हस्ताक्षरको अभिलेख राख्ने र सदर गर्ने कार्य गर्दछ । सदर गरेको पत्र सेवाग्राहीलाई प्रदान गरीन्छ । उक्त खाता खोल्नको लागि एनआईबिएल, सिद्धार्थ बैंक, एनआईसीबाट पहिलो चरणमा खोल्न सकिने भएको बताईन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button