विन्ध्यवासिनी उ.मा.विको ६९औँ वार्षिकोत्सव सम्पन्न

पोखरा, २७ पौष –

विन्ध्यवासिनी उच्च मावि पोखरा १६ बाटुलेचौरको ६९औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कास्कीका जिल्जा शिक्षा अधिकारी विष्णु अधिकारीले शिक्षकले समयसान्दर्भिक शिक्षा दिनुपर्र्ने बताए । शिक्षकले जहिले पनि आफूलाई सहजकर्ताको रुपमा भूमिका निर्वाह गर्दै आधुनिकीकरणलाई आत्मसाथ गर्नुपर्ने कुरामा जोड दिए । निजी विद्यालयले दिने शिक्षाभन्दा सरकारी विद्यालयले दिने शिक्षामा कमी हुन नहुने बताउँदै आफूले दश वर्ष अध्ययन गरेको विद्यालयको अझै उन्नति होस् भन्ने कामना गरे ।

विद्यालयका शिक्षक शान्तिरमण पौडेल तथा विद्यार्थी सुस्मिता सुनारले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमममा विद्यालयका प्राचार्य खिमलाल अधिकारीले विद्यालयको वार्षिक शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । त्यस्तै लेखा प्रमुख जीवनारायण श्रेष्ठले२०७१ः७२को आयव्ययको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष भीमप्रसाद पौडेल, विद्यालय व्यवस्थापनका सदस्य तथा पत्रकार यदुनाथ बञ्जारा, स्रोत व्यक्ति लीलाराज पौडेल, पूर्व प्रअ रेवतीविलास पौडेललगायले मन्तव्य राखेका थिए ।

कार्यक्रममा विद्यार्थीलाई विभिन्न छात्रवृत्तिका साथै शैक्षिक तथा खेलकुदमा उत्कृष्ट हुन सफल विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । उक्त अवसरमा एस एल सी तथा उच्च मावि तहमा उत्कृष्ट नतिजा ल्याउन सफल शिक्षकलाई सम्मान गरिएको थियो भने शिक्षक टङ्कबहादुर थापालाई दीर्घ सेवा पदकबाट सम्मान गरिएको थियो । त्यस्तै पूर्व प्रावितर्फ जमुनादेवी बस्नेत, प्राविमा नारायणप्रसाद देवकोटा, निमाविबाट मानबहादुर केसी, मावितर्फ टङ्कबहादुर थापा तथा उमावितर्फ हिमलाल आचार्य र कर्मचारीतर्फ रामबहादुर केसीलाई विद्यालयले सम्मान गरेको थियो ।

भूकम्प, नाकाबन्दी तथा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष गोपालबहादुर थापाको निधनको शोकका कारण तडकभडकबिना नै कार्यक्रम गरिएको विद्यालयका शिक्षक तथा प्रचार प्रसार संयोजक भेषराज पौडेलले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button