व्याट्रीबाट चल्ने साईकल निर्माण गरेका भण्डारीलाई सम्मान

पोखरा, १३ माघ – 

व्याट्रीबाट चल्ने साईकल निर्माण गरेर चर्चित बनेका विराज भण्डारीलाई कोलपाटन आमा समूहले सम्मान गरेको छ ।

पोखरा १५ स्थित आमा समूहको भवनमा बुधबार आयोजित कार्यक्रममा भण्डारीलाई दोशल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पत्रकार महासंघ नेपालका केन्द्रिय सदस्य शुष्मा पौडेलले भण्डारीलाई सम्मान गर्नुभयो । कार्यक्रममा बोल्दै पौडेलले पढेका र जानेका कुराहरु व्यवहारमा उतार्नुपर्ने बताउनुभयो ।

सम्मानित व्यक्ति भण्डारीले देशमा श्रृजित परिस्थितिको सामना गर्न आँफूले साईकल निर्माण गरेको बताउनुभयो । अब आफूले अपांगमैत्री साईकल समेत निर्माण गर्ने योजना रहेको बताउनुभयो । उहाँले आफ्ना हजुरबुबा गंगा भण्डारी र हजुरआमा रानी भण्डारीको को सम्झनाका लागि गंगारानी राखिएको बताउनुभयो । सोही अवसरमा फिलिपिन्सबाट रेडियोलोजीमा एम डि सकेर नेपाल आउनुभएका पोखरा १५ कै डा नवराज पौडेलाई पनि दोशल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा वडा समन्वय समिति १५ का अध्यक्ष प्रकाश पौडेल, थ्रि एन्जल्स रेडियोका स्टेशन म्यानेजर गणेश कुमार श्रेष्ठ, वडा कार्यालय १५ का सचिव सोमनाथ लम्साल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

आमा समूहका अध्यक्ष पार्वती पौडेलको सभाध्यक्षतामा आयोजित कार्यक्रममा कोषाध्यक्ष विष्णु पौडेले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव सावित्री पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button