मनाङ मस्र्याङदी क्लव झापा ११ लाई पराजित गर्दै फाइनलमा

पोखरा, १४ माघ –

म्यान अफ दी म्याच घोषित ओलावालेको ह्याट्रिकको साहायताले लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लव पोखरामा जारी १४ औं संस्करणको आहा रारा गोल्ड कप फुटवल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । सहारा एकेडेमीको सहयोगार्थ हजारौ दर्शकहरु माझ बिहिबार पोखरा रंगशालामा भएको दोश्रो सेमिफाइनल खेलमा मनाङले रमपम झापा ११ लाई ४–० को गोल अन्तरले पराजित गर्दै फाईनल भिड्न्तको लागि आर्मीसंगको यात्रा तय गर्यो ।

मनाङको जितमा ओलावालेले ह्याट्रिक गर्न सफल भए भने सुजल श्रेष्ठले एक गोलको योगदान दिए । जितसंगै मनाङले विभागिय टोली त्रिभुवन आर्मी क्लवसंग पाँच लाख एक हजार नगद पुरस्कार सहित उपाधिको लागि शनिबार फाईनल खेलमा प्रतिष्प्रर्धा गर्ने भएको हो ।

gold cup 2
खेलको १६ औं मिनेटमा मनाङका ओलावालेले विश्वास श्रेष्ठले दिएको पास वललाई हेड मार्फत गोल गरी टिमलाई अग्रता दिलाए । खेलको ७१ औंं मिनेटमा ओलावालेले विपक्षि गोलरक्षक किशोर गिरी विट भएको अवस्थामा पुनः अर्को गोल थपी जित सुनिस्चित पारे । खेलको ७५ औं मिनेटमा अनिल गुरुङको पास वललाई सदुपयोग गर्दै सुजल श्रेष्ठले गोल गरेका हुन । खेलको अन्तिम समयमा सुजल श्रेष्ठले दिएको क्रस वललाई ओलावालेले पुन एक गोल गरी गोल अन्तर फराकिलो पारे भने उनले आफ्नो व्यक्तिगत खातामा पनि १४ औं आहा राराको पहिलो ह्याट्रिक गर्ने पहिलो खेलाडीको रुमा ईतिहास बनाए । हालसम्म सर्वाधिक गोलकर्ताको रुपमा आफुलाई दावेदारी प्रस्तुत गर्न सफल भए ओलावालेले बिहिबारको खेलमा पहेलो कार्ड समेत पाए । यस प्रतियोगितामा उनले ४ गोल पुराएका छन । सर्वाधिक गोलकर्तालाई उपाधि सहित २५ हजार नगद पुरस्कार रहेको छ ।

खेलको सुरुवातमै निकै आक्रमक शैलिमा प्रस्तुतः भएको झापा ११ ले पाएका केहि अवसरलाई सदुपयोग गर्न नसक्दा यस वर्षको आहा राराबाट पनि क्वाटरफाईनल भन्दा माथिको यात्रा तय गर्न सकेन । यस अघि झापा ११ आहा रारामा दुई पटक सहभागि भएको थियो । मनाङका राष्ट्रिय तथा भरपर्दा ७ जना खेलाडीहरु नभएको अवसरलाई सदुपयोग गर्न नसक्दा झापा ११ ले पोखरेलीहरुको समर्थन र हुटिङ पाए पनि अन्ततः आहा रारामा पुलिस पछि दोश्रो बढी सफलता हासिल गर्न सफल भएको मनाङ बिरुद्धको खेलमा जित निकाल्न फलामको चिउरा चपाए सरी भयो । झापा ११ का प्रशिक्षक भागिरथ आले मामाले आफ्ना खेलाडीहरुले राम्रो तालमेल मिलाएर खेल्न नसकेको कारणले गर्दा हार व्यहोर्नु परेको बताए । उनले भने “म आजको खेलमा मेरा खेलाडीहरु प्रति शत प्रतिशत असन्तुष्ट छु, किनकी मनाङको एक खेलाडीलाई मार्क नगर्दा एकै जनाबाट ह्याट्रिक भएको छ ।” मनाङका प्रशिक्षक छिरीङ लोप्साङ गुरुङले आफुहरुले मेहनत गरेर खेलेका कारण जित सहज भएको बताए । आफुहरुसंग नयाँ खेलाडीहरु भएकोले अबको फाईनल खेलमा पनि बिहिबारको खेलमा भन्दा अझ बढी मेहनत गरी उपाधि जित्ने रणनितिमा खेल्ने योजना भएको उनले बताए ।

हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा पोखरामा जारी उक्त प्रतियोगिता शनिबार फाईनल खेलसंगै समापन हुने भएको क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए । फाईनल खेलको पप्रवेश टिकट भने एक सय ५० रुपैया राखिएको क्लवले जनाएको छ। ११ दिनको उक्त खेलबाट क्लवले करीब एक करोडको कारोवार गरी बचत रकम १६ जिल्लाबाट सहभागि भएका २६ जना वालकहरुको भरणपोषण गर्ने भएको महासचिव केशवराज बरालले बताए ।

यसै बिच, संगम क्लवका अध्यक्ष मणिप्रसाद गुरुङले आहा रारा गोल्ड कप सफलताको कामना सहित विहिबार १० हजार आर्थिक सहयोग गरेका छन । उनले क्लवका अध्यक्ष विरभद्र आचार्यलाई हस्तान्तरण गरेका हुन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button