आर्मी विरुद्ध मनाङको ससनीपुर्ण फाईनल खेल शनिबार हुने

पोखरा, १५ माघ –

पश्चिमाञ्चलकै प्रतिष्ठित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगितामा दुई पटक फाईनलमा यात्रा तय गरेर पनि उपविजेतामै सिमित हुदै आएको विभागिय टोली त्रिभुवन आर्मीले १४ औं संस्करणको आहा रारा गोल्ड कप उपाधि जित्ने रणनितिमा मैदानमा उत्र्रिने तयारी गरी रहदा मनाङ भने चौथो पटक उपाधि जित्ने दाउमा रहेको छ । उसो त पोखराको मैदान आर्मीलाई भन्दा बढी फापेको मनाङले आहा राराको दुई संस्करणमा आर्मी बिरुद्धको दुई खेलमा तगारो हाल्न सफल भयो ।

नवौ र गत बर्षको आहा ! रारामा मनाङले आर्मीलाई क्वाटरफाईनलमा पराजित गरेको थियो भने डेढ बर्ष यता ६ खेल मध्य ५ खेलमा आर्मीले जित हासिल गरेको थियो भने एक खेलमा बराबरी भएको आर्मिका प्रशिक्षक मेघराज केसीले सुक्रबार फाईनल खेलको तयारीको बारेमा जानकारी गराउन आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताए । आफ्नो टिम फाईनल खेल उत्कृष्ट प्रर्दशन गर्ने तयारी अवस्थामा रहेको बताएका प्रशिक्षक केसीले यस सिजनको पहिलो खेल भएकोले आफुहरुले आहा ! रारा जित्ने रणनितिका साथ बढी मेहनत गरी उपाधि जित्ने दाबी गरे । उनले भने “हाम्रो विपक्षि टिम मनाङ पनि उतिकै बलियो टिम हो, उसलाई जित्न हामीलाई निकै गारो पर्छ तर पनि हामी उनीहरु भन्दा बढी मेहनत गर्दछौं, हाम्रा खेलाडीहरुले रेफ्रिले अन्तिम हुसिल नवजाएसम्म मैदानमा कडा मेहनत गर्ने छन । ” आर्मीका कप्तान भरत खवासले आफुहरुका केहि खेलाडीहरु घाईते भएकोले आफ्नो टिमको तालमेलमा केहि असर पर्न सक्ने बताए । अघिल्ला केहि खेलमा मनाङलाई जितेको हुनाले आफ्ना खेलाडीहरुमा मनाङ बिरुद्धको खेलमा मनोवल उच्च रहेको समेतच उनले दाबी गरे । उनले भने “यस पाली आहा राराको उपाधि जित्ने रणनितिमा हामी छौं, हामी पुर्ण रुपमा शारीरिक तथा मानसीक रुपमा तयारी छौं ।”

मनाङका प्रशिक्षक छिरीङ लोप्साङ गुरुङले क्लवले आफुलाई राम्रो नतिजा पाउने आसामा प्रशिक्षकको भुमिका दिएकोले नयाँ खेलाडीहरुको साथले यस सिजनमा पहिलो उपाधि जित्ने रणनितिमा आफुहरु मैदानमा उत्र्रिन तयारी अबस्थामा रहेको बताए । आफुहरुसंग अनुभवी राष्ट्रिय ७ जना खेलाडीहरु नहुदा पनि खासै असर नपर्ने बताएका प्रशिक्षक गुरुङले नयाँ खेलाडीहरुले पनि उतिकै राम्रो खेल खेल्ने दाबी गरे । मनाङका कप्तान अनिल गुरुङले आहा राराको लागि भनेर आफुहरु राम्रो प्रशिक्षण गरेर आएकोले फाईनलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने दाबी गरे । विपक्षि टिम उतिकै मजवुद भएकोले आफुहरुलई जित निकाल्न कठिन हुने बताउदै उनले भने“पहिलो जसले गोल गर्छ उसले जित्ने अवसर बढी हुन्छ, किनकी दुबै टिमको अवसर उतिकै छ ।”

पुलिस, थ्रि स्टार पछि आहा रारामा तेश्रो बढी सफलता हासिल गर्ने टिमको रुपमा आफुलाई प्रस्तुत गरेको मनाङले भने अघिल्ला लगातार दुइ संस्करणमा उपविजेता हुदै आएको छ। १२ औं मा आयोजक सहारासंग र गत बर्ष थ्रि–स्टारसंग फाईनला पराजित हुदै उपविजेता भएको थियो । आहा रारामा आर्मीले ९ पटक सहभागि जनाएको छ भने मनाङले क्याराभान गोल्ड कप सहित १२ औं पटक सहभागिता जनाएको हो । क्याराभान सहित पाँच पटक उपविजेता भएको मनाङले पोखरेली दर्शकको हुटिङलाई कति मुल्याङकन गर्न सक्ने हो त्यो हेर्न बाँकी छ । दुबै टिम ४ः४ः२ फोःफोः टु) को रणनितिमा मैदानमा उत्र्रिने बताएका छन भने १४ औं आहा राराको फाईनल खेलसम्म आउदा दुबै टिमले गोल खाएका छैनन । दबुै टिमले उपाधि जित्ने दाबी गरी रहदा ५ लाख १ हजार नगद सहित उपाधि कसको पोल्टामा पर्ने हो त्यो हेर्न भने शनिबारको दिन कुर्नु पर्ला ।

हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा पोखरामा जारी उक्त प्रतियोगिता शनिबार दिउसो २ बजे पछि फाईनल खेलसंगै समापन हुने भएको क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए । फाईनल खेलको प्रबेस टिकट भने एक सय ५० रुपैया राखिएको क्लवले जनाएको छ। ११ दिनको उक्त खेलबाट क्लवले करीब एक करोडको कारोवार गरी बचत रकम सहारा एकेडेमीको सहयोेगार्थ खर्चने भएको छ । १६ जिल्लाबाट सहभागि भएका २६ जना वालकहरुको भरणपोषण गर्ने भएको प्रतियोगिता संयोजक केशव बहादुर थापाले बताए ।

समुह एमा रहेको आर्मीले जाउला खेल युथ क्लवलाई प्रि–क्वाटरफाईनलमा, क्वाटरफाइनलमा डिफेण्डीङ तथा लिग विजेता रुस्लान थ्रि–स्टार क्लवलाई र सेमिफाईनलमा आयोजक सहारा क्लवलाई पन्छाउदै फाईनल यात्रा तय गरेको हो । समुह बीमा रहेको मनाङले क्वाटरफाईनलमा भारतो गोर्खा ब्रिगेड र सेमिफाईनलमा रमपम झापा ११ लाई पराजित गर्दै फाईनलमा यात्रा बनाएको हो । प्रतियोगितामा हालसम्म मनाङका ओलावालेले सर्वाधिक ४ गोल गरी सर्वाधिक गोल कर्ताको उपाधिको दाबेदाबी प्रस्तुत गरेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button