पोखरामा भेन्ट्रान्स खुल्ला भलिबल प्रतियोगिता हुने

पोखरा १८ माघ –

पोखरामा भेन्ट्रान्स खुल्ला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । कास्की जिल्ला भलिबल संघको आयोजनामा फागुन ७ र ८ गते प्रतियोगिता गर्ने तयारी भैरहेको प्रतियोगिता संयोजक दिपेन्द्र पहारीले जानकारी दिए ।

फेवाताल किनार बसुन्धरा पार्कको मैदानमा आयोजन हुने प्रतियोगितामा कास्की लगायत ३० टिमको सहभागीता रहने अपेक्षा गरिएको संयोजक पहारीले बताए । प्रतियोगिताका लागी कास्की र बाहिरि जिल्ला सहित ३० टिमलाई पत्राचार गरिएको बताइएको छ । प्रतियोगितामा विजेताले १५ हजार र उपविजेताले १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा सहभागी टिमले फागनु ५ गतेसम्म टिम दर्ता गर्न सक्ने बताइएको छ ।

पोखरा रगंशालामा निर्माण हुन लागेको पश्चिमाञ्लस्तरीय भलिबल प्रशिक्षण केन्द्रको सहयोगार्थ र पूर्वभबिल खेलाडिहरु वीच भेटघाट तथा भाइचारा कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुलीले बताए । ‘पोखरा रगंशालामा निर्माणाधिन प्रशिक्षण केन्द्रको सहयोगार्थ र भलिबल खेलाडिहरुको आपसी सम्वन्धलाई कायम राख्न प्रतियोगिता गरिएको हो’ पराजुलीले भने। भलिबल प्रशिक्षण केन्द्र निर्माणका लागी संघले आर्थिक संकलन अभियान समेत सुरु गरेको छ ।

प्रशिक्षण केन्द्रका लागी पूर्व भलिबलका अन्तराष्ट्रिय खेलाडि जयनारायण चौधरीले एक लाख २५ हजार र बुल्समेन क्लबका तर्फबाट नुना गुरुङले दश हजार रुपैयाँ सयोग प्रदान गरेका छन् । एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको केन्द्रको पहिलो चरणमा २६ लाख रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button