हनमादाङ्ग प्रतियोगिताको तयारी सुरु

पोखरा, १८ माघ –

नेपाल तेक्वन्दो संघ र कास्की जिल्ला तेक्वन्दो संघको आयोजना तथा विश्व तेक्वन्दो महासंघको सहयोगमा पोखरामा प्रथम पटक २०७२ फागुन १५ देखि १७ गते सम्म तेक्वन्दो खेल हानमादाङ्गको एक वृहत खेल प्रतियोगिता ( The World Taekwondo Hanmadnag 2016 Pokhara ) पोखरामा आयोजना हुने भएको छ । सो प्रतियोगितामा स्वदेशी तथा अन्य २० मुलुकका विदेशी खेलाडीहरु गरि करिव १ हजार ५ सय जनाको सहभागिता रहने छ ।

प्रतियोगिता सम्पन्न गर्न नेपाल तेक्वन्दो संघका अध्यक्ष प्रकाश शम्सेर राणाको अध्यक्षता तथा कास्की जिल्ला तेक्वन्दो संघका अध्यक्ष जगन गुरुङ्ग सचिव रहनु भएको एक मुल आयोजक समिति गठन गरिएको छ । प्रतियोगितालाई भव्यताका साथ सम्पन्न गर्न २३ सदस्यिय विभिन्न उप समिती गठन गरिएको छ । प्रतियोगिताको सचिवालयको कार्यलाई थप व्यवस्थित गर्न जगन गुरुङ्गको संयोजक रहने गरि ९ सदस्यिय समीती गठन गरिएको छ । जसको सदस्यमा तेज गुरुङ्ग, मदन केसी, विद्या मर्सानी, हरिश्वर पोखे्रल,गणेश भटट्राई, महेश गुरुङ्ग, रत्नमान गुरुङ्ग, राजु श्रेष्ठ र जुम गुरुङ्ग रहनु भएको छ । उहाँहरुले विभिन्न उपसमितीको जिम्मेवारी सम्हाल्नु भएको छ ।

सन १९७२ वाट कोरीयामा लगातार रुपमा हुँदै आएको हनमादाङ्ग पहिलो पटक कोरीया भन्दा वाहिर पोखरामा आयोजना गर्न लागिएका हो । वैशाख १२ र २९ गते नेपालमा गएको महाभुकम्पलाई मध्येनजर गरि नेपालको खेलकुद विकास र पर्यटन प्रवद्र्धन गर्न नेपाललाई यस प्रकारको प्रतियोगिता आयोजना गर्न कोरियाले स्विकृत प्रदान गरेको सचिवालय समितीका संयाोजक जगन गुरुङ्गले वताउनु भएको छ ।

हानमादाङ्ग प्रतियोगितालाई व्यवस्थित गर्न मुस्ताङ्गचोक स्थित लेगेसी होटलमा सचिवालय स्थापना गरिएको छ । साथै प्रतियोगिताको वेवसाइट www.hanmadnag.org रहेको छ । प्रतियोगिता पोखरा नयाँवजार स्थित पर्दशनी केन्द्रमा हुनेछ । पर्दशनी केन्द्रको डोममा ३ वटा एरिना तथा वाहिर मुख्य स्टेज निर्माण गरिने छ । आयोजना स्थलमा विभिन्न फुड स्टल, पर्यटन र खेलकुद संग सम्वन्धित स्टलहरु रहने छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button