रेडियो बाराहीको विशेष कार्यक्रममा शाहीले पाए १० हजार

पोखरा, माघ १८ –

रेडियो बाराहीले सञ्चालन गरेको आहा–रारा गोल्डकप विशेष कार्यक्रममा पोखरा अमरसिंहका प्रवेश शाही भाग्यमानी बनेका छन् । उनले नगद १० हजार रुपैयाँ जिते ।

सहारा क्लब पोखराले आयोजना गरेको १४ औं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कसले जित्ला ? भनि रेडियोले सोधेको प्रश्नमा मनाङ मस्यार्ङदी क्लबको पक्षमा एसएमएस गर्ने ४ हजार १ सय ९३ स्रोतामध्येबाट गोलाप्रथाको आधारमा ९८४६६४७१७६ मोवाइल नम्बरबाट एसएमएस गर्ने श्रोता प्रवेश शाही भाग्यशाली घोषित भएका हुन् ।

पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष देव क्षेत्री, मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनंं र रेडियो बाराहीका कार्यकारी निर्देशक रमेश पौडेलको रोहवरमा विजेता घोषणा गरिएको हो । अमरसिंहचोकका शाहीले रेडियो बाराहीले पोखरामा नै विभिन्न अवसर पारेर यस्तो विशेष कार्यक्रम गर्ने गरेको भन्दै आफूले पुरस्कार पाएकोमा निकै खुसी लागेको बताए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष देव क्षेत्रीले रेडियोले गरेको कार्यक्रम स्रोतामुखी भएको बताए । मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनंले खेल हेर्नका लागि रेडियोले स्रोतालाई हौसला प्रदान गरेको बताए । रेडियोले आयोजना गरेको विशेष कार्यक्रमलाई हिमश्री फुड्स प्रा.लि., गण्डकी विकास बैंक, गरिमा विकास बैंक, स्थानीय श्रृङ्गा यातायात, पयु सुनचाँदी दोकान, पोखरा काष्ठ उद्योगले प्रायोजन गरेका थिए ।

शनिबार पोखरा रंगशालामा मनाङ र त्रिभुवन आर्मी क्लबीच भएको फाइनलमा मनाङले १–० ले पराजित गर्दै उपाधि तिजेको थियो । प्रतियोगिता अवधिभर रेडियोले राति ८ देखि ८ः१५ बजेसम्म आहा–रारा विशेष कार्यक्रम सञ्चालन गरेको थियो । विशेष कार्यक्रम संचालन विनोद लामिछाने, रोचक अधिकारी र सुसन घिमिरेले गरेका थिए । रेडियोले विभिन्न अवसरमा स्रोतामुखी कार्यक्रम सञ्चालन गर्दै आएको रेडियोका कार्यकारी निर्देशक रमेश पौडेलले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button