टि.भि.एस. व्लूम्याट मोटर बाईक पोखराको बजारमा

पोखरा, २४ माघ –

टि.भि.एस. मोटरबाईकको गण्डकी अञ्चलको आधिकारिक बिक्रेता बतास अर्गनाईजेसनको ए.एस.बि. अटोमोबाईल्सले टि.भि.एस. व्लूम्याट मोटर बाईक पोखराको बजारमा उपलब्ध गराएको छ । ए.एस.बि. अटोमोबाईल्सले उक्त बाईक आईतबार देखि नेपालमै पहिलो पटक पोखरामा उपलब्ध गराउदै बिक्रि वितरण गर्न सुरु गरेको हो ।

डिजिटल स्पीडोमिटर, डिजिटल फियुल गेज, लो व्याट्री ईन्डिकेटर, ट्रिप मिटर यस बाईकको मुख्य बिषेशता रहेको जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक अग्रवालले बताए । यस बाइकको बजार मुल्य २ लाख २८ हजार ९ सय रुपैया र २ लाख ३८ हजार ९ सय रुपैया रहेको सेल्स म्यानेजर सन्तोस पोखरेलले बताए । उक्त बाईक ६ वटा विभिन्न रंगमा उपलब्ध भएको उनले जनाए ।

tvs bike 2

प्रति लिटर ५६ माईलेज दिने, रोटोपेटल डिस्क ब्रेक, एल.ई.डी. पाईलट ल्याम्प, अलब्ल्याक ईञ्जीन लगायतका विषेशता समेत रहेको पोखरेले बताए । १ सय ६० देखि एक सय ८० सीसीसम्मका बाईकहरु पोखरा भन्दा अन्य बजारमा आउदै गरेको उनले बताए । १ सय २४ प्रतिकिलोमिटर गतिमा हाक्न सकिने उक्त बाईक नेपाल सुहाउदो भएको पोखरेलले जनाए । टिभिएस हाल नेपालमा तेश्रो स्थानमा रहेकोले आगामी तीन बर्षमा नेपालको पहिलो बजार आफुहरुले जमाउने तयारी गरेको जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक अग्रवालले बताए । नेपालका मुख्य क्षेत्रमा ५ किलोमिटरमा पाटर्स सोरुम स्थापना गर्ने लक्ष्य राखिएको उनले बताए । पोखरामा उक्त टिभिएसको अपाची बाईक सार्वजनीकसंगै बिक्रि वितरण गरेसंगै देशभरी ठाँउ ठाँउमा सार्वजनीक गर्दै बिक्रि वितरणको लागि लैजाने तयारी गरेको उनले बताए । जगदम्बा मोटर्स नारायणगढका जनर्रल म्यानेजर जनकराज पन्तले अन्य बाइृक भन्दा टिभिएसका उक्त बाइक धेरै सेवा सुविधा भएको दाबी गरे ।

कार्यक्रममा बतास अर्गनाईजेशनका विश्वमणि भण्डारीले पछिल्लो क्रममा उपभोक्तहरुले टिभिएसका बाईकहरु मन पराउन थालेको बताए। यसै बिच उक्त बाइकको जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक अग्रवालले सार्वजनीक गरेका हुन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button