कास्की कांग्रेसको सभापतिमा केसी

पोखरा, २६ माघ –

पुराना र प्रभावशाली नेताहरुको गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा आएका नेता शुक्रराज शर्मालाई ४१ मतको झिनो अन्तरले पराजित गर्दै कृष्ण केसीले नेपाली कांग्रेस कास्कीको सभापतिमा निर्वाचित भएका छन । सोमबार भएको चुनावी प्रतिस्पर्धामा ३ सय ६९ मत केसी ल्याउदा केसीले भने ३ सय २८ मत प्राप्त गरे ।

शर्मालाई सांसद तथा पार्टी जिल्ला सभापति यज्ञबहादुर थापा, नेता महादेव गुरुङ, देउबा निकट प्रभावशाली नेता सोभियतबहादुर अधिकारी, केन्द्रीय सदस्य जीवन परियार, लेखनाथ नगर सभापति राजेन्द्रमणि लामिछाने र पोखरा उपत्यका नगर विकास समिति अध्यक्ष प्रकाशमोहन खनाल लगायत प्रभावशालीले साथ दिएका थिए । यसअघि कास्की कांग्रेसमा १७ वर्ष सभापति भएका शर्मालाई पोखरामा अधिकांश पुराना नेताको साथ थियो तर पनि केसीको साथमा केवल पूर्वसभामुख तारानाथ भाट लगायतले साथ दिएका थिए । आइतबारसम्म आफ्नो प्यानलबाट शर्माले सचिवमा सुदीपमोहन भट्टराईलाई अघि सारेका थिए ।

तर, सोमबार एकाएक उनको सट्टा नेता देवराज चालिसेनिकट विष्णु पौडेललाई आफ्नो प्यानलका तर्फबाट सचिवमा उम्मेदवारी दिन लगाएर शुक्रराज शर्माले केसीलाई सबैतिरबाट एक्ल्याउने प्रयास गरेका थिए । सबैतिरबाट एक्ल्याएर केसीलाई टुहुरै बनाउन आँटिएको भन्दै ठूला नेताहरुसँग आक्रोशित कार्यकर्ताले केसीको समर्थनमा सोमबार दिउँसैदेखि नाराबाजी गरेका थिए । राति नजिता आउन थालेदेखि नै केसीले लिडिङ गर्न थालेपछि उनको पक्षमा हुटिङ सुरु भएको थियो । कार्यकर्ताहरुले ‘कृष्ण केसी हाइहाई, पुराना नेता बाइबाई’ भन्दै नाराबाजी गरे ।

कास्कीमा ७ सय १० प्रतिनिधि रहेकोमा सोमबारको चुनावमा ७ सय ३ जनाले मतदान गरेका थिए । जसमध्ये क्षेत्र नम्बर १ मा २ सय ५२ मध्ये २ सय ४७, २ मा १ सय २८ मा सबै, ३ मा १ सय १ मा सबै र ४ मा २ सय ३० मा २ सय २८ मत खसेको थियो । तीमध्ये सभापतिमा ६ मत बदर भएको थियो । सभापतिमा केसीसँगै सचिवमा पनि कास्की क्षेत्र नं १ का नेता आएका छन् । विद्यार्थी राजनीति गर्दादेखि नै लोकप्रिय बनेको युवा नेता सुदीपमोहन भट्टराईले पनि पुराना नेताहरुको साथबिना नै चुनाव जिते । भट्टराईले २ सय ३७ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी विष्णु पौडेलले २ सय ३० प्राप्त गरे । अर्का प्रतिस्पर्धी दुर्गाप्रसाद तिमिल्सिनाको भागमा १ सय ९७ मतमात्रै परयो । कोषाध्यक्षमा यज्ञबहादुर थापानिकट बोधबहादुर कार्कीलाई पराजित गर्दै लक्ष्मी पाण्डे निर्वाचित भइन् । पाण्डेले ३ सय ४७ मत ल्याइन् भने कार्कीको भागमा ३ सय २४ मत परयो ।

को कहाँबाट सदस्यमा निर्वाचित-

क्षेत्र नम्बर १ बाट सदस्यमा
ओमप्रकाश गुरुङ १०३
नारायण कुमार श्रेष्ठ ९१
बिन्दुकुमारी भण्डारी ८७
देवेन्द्र रानाभाट ८४
रामबहादुर भण्डारी ८२
गौरी सापकोटा ८७
क्षेत्र नम्बर २ बाट सदस्यमा
उमेश पराजुली –४६
नविन सिग्देल – ५९
मदनबहादुर खत्री – ५५
मीनबहादुर गिरी –४८
हरि आचार्य –६७
अनिता तिमिल्सिना –५०

क्षेत्र नम्बर ३ बाट सदस्यमा
दामोदर अधिकारी – ४६
भीम गौतम – ५१
युवक लामिछाने –४६
रंगिला आचार्य –५६
रामराज लामिछाने –३६
नम्रता बराल –३४
क्षेत्र नम्बर ४ बाट सदस्यमा

अमर कार्की – ११२
कृष्णप्रसाद तिमिल्सिना ११२
भरतबहादुर अधिकारी– ११८
विष्णुबहादुर क्षेत्री – १३५
शंकर ढुंगाना – १२८
विजया चञ्चल रेग्मी– ९७ मत ल्याएर निर्वाचित भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button