बिहिबार पोखरामा शान्तिपुर्ण दवाव मुलक रयाली निकालिने

पोखरा, २७ माघ –

योरुना पुन (नेहा) को हत्यामा संलग्न भएका अन्य व्यक्तिहरुलाई पक्राउ गर्न माग गर्दै पुन समुदाय आन्दोलनको संघारमा पुगेका छन । एक साता अघि पोखरामा हत्या गरी फालेको अवस्थामा भेटिएकी नेहा को हत्यामा संलग्न भएका अन्य व्यक्तिहरुको पनि खोजि गर्न नसके आफुहरुले जस्तो सुकै आन्दोलन गर्न पछि नपर्ने बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा पुन समुदायका नेताहरुले चेतावनी दिएका हुन ।

नेहा पुनको हत्यामा संलग्न भएको आरोपमा कास्की प्रहरीले एक जना युवा सतिश भनिने कृतन खड्कीलाई पक्राउ गरी सार्वजनीक गरे पनि उक्त घटनामा एक जनाको मात्र संलग्नता नभएको भन्दै समाजले अन्य व्यक्तिहरुलाई प्रहरीले पक्राउ गर्नुपर्ने पुन समाज, नेपाल कास्की नगर समिति, पोखराका अध्यक्ष चन्द्रबहादुर पहरे पुनले बताए । प्रहरीले घटनाको अन्य रहस्यहरु लुकाउनको लागि एक व्यक्तिको मात्रै घटनामा संलग्नता भएको भनी जानकारी गराउनु झुटा र बनावटी कुरा भएको उनले दाबी गरे । उनले नेहालाई सामुहिक रुपमा बलत्कार गरी हत्या गरी फालिएको हुन सक्ने आशंका व्यक्त गरे । यस घटनालाई बैज्ञानिक ढंगले अनुसन्धान गरी सत्य तथ्य आम जनतालाई बुझने भाषामा प्रहरीले जानकारी गराउनु पर्ने अध्यक्ष पुनले माग गरे ।

पुन समाज नेपालका बरिष्ठ उपाध्यक्ष खिमन पुनले प्रहरीले नेहा हत्याको घटना चित्त बुझ्दो ढंगले सार्वजनीक गर्न नसकेको कारणले गर्दा आफुहरुले यस्ता घटनाहरु सत्य तथ्य सार्वजनीक हुनु पर्ने माग राख्दै आन्दोलिन भएको बताए । उनले भने “पहिलो चरणमा हामी शान्तिपुर्ण ढंगले न्यायको खोजिमा लाग्छौं, हाम्रो मागलाई प्रहरी प्रशासनले बेवास्ता गरे हामी भोलि जस्तो सुकै आन्दोलन गर्न पछि पर्दैनौं ।” पुन समाज कास्कीका अध्यक्ष क्याप्टेन बल बहादुर पुनले उक्त घटना सत्य तथ्य सार्वजनीक गर्न प्रहरी समक्ष माग गर्दै अन्यथा आफु आन्दोलन गर्न चेतावनी दिएका छन । यस योरुना पुन हत्याको न्यायसंगै यस्ता घटनामा अन्य नारीहरुले व्यहोर्न नपरोस भन्नका खातिर विहिबार पोखरामा शान्तिपुर्ण दवाव मुलक रयाली आयोजना गरीने भएको छ । उक्त रयाली चिप्लेढुंगा मानव अधिकारचोकबाट, जिल्ला प्रहरी कार्यालय, पालिखेचोक, महेन्द्रपुल, नयाँबजार, पृथ्बीचोक, सृजनाचोक, राष्ट्र बैंक चोक हुदै जिल्ला प्रशासन कार्यालयमा पुगेर समापन हुने भएको छ ।

पुन समाजका केन्द्रीय सदस्य लाल बहादुर पुनले एकै उमेर समुहका व्यक्ति विच हेलमेटले हानेर कसैलाई मार्न नसक्ने र व्यक्तिको मृत्यु हुदा सो क्षेत्रका स्थानीयले थाहा नपाउनु यस घटना रहस्यमय भएको बताए । उनले भने “ नेहाको बलत्कार पछि हत्या नभएको भए उनको गुप्ताङगामा लगाएको कपडाहरु किन खोलिएको अवस्थामा भेटियो, मान्छे मर्दा के स्थानीयले केहि सुईको पाउन सक्दैन, प्रहरीका अनुसार हेलमेटले हानेर मारेको रिपोर्ट पेश गरी रहदा हेलमेटले हाने पछि सो क्षेत्रमा केहि बेर भनाभन धकलाधकेल भएन होला यो वस प्रहरीले बनावटी रिपोर्ट तयार पारेको हो हामी यसमा चित्त बुझेको छैन । ”

पोखरा–१५ नयागाँउ बस्ने १८ बर्षीया नेहाको हत्यामा संलग्न भएका पोखराको न्युरोडमा गेम हाउस संचालन गरेका तथा पोखरा ९ नयाँबजारका २१ बर्षीय खड्गीलाई विभिन्न अनुसन्धानको क्रममा उनलाई पक्राउ गरी कास्की प्रहरीले सोमबार सार्वजनीक गरेको थियो । नेहाँले शारीरिक सम्पर्क गर्न अस्विकार गरेको, त्यही कुरामा कृतनले दवाब दिदा नेहाँले कृतनलाई अश्लिल शब्द प्रयोग गरी गाली (गलौज गरेकोमा रिस उठी थाम्न नसकी कृतनले हेलमेटले नेहाँकोे टाउकोमा पछाडी र अगाडी दुई पटक प्रहार गरेको त्यस पछि नेहाँ भुईमा ढलेको र सो घटनाले गर्दा नेहाँसंग शारिरिक सम्पर्क राख्न खोज्दा उनकोे नाक र कानबाट रगत बगेको देखेपछि डराएर घर तर्फ गएको भन्ने हत्या आरोपमा पक्राउ परेका खड्गीले प्रहरीलाई दिएको बनाएमा उल्लेख गरीएको छ । हत्सामा संलग्न भएका खड्गीलाई कर्तव्य ज्यान मुद्धा र जवरजस्ती करण उद्योगका गरी दुई वटा मुद्धा लाग्ने भएको छ । बलत्कार भएको हो वा होईन यस बिषयमा काठमाण्डौंमा अनुसन्धानको लागि रिपोर्ट पठाएको कास्की प्रहरी प्रमुख एस.पी. हरी बहादुर पालले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button