पोखरामा आइतबार चार पांग्रे गाडीलाई ८८ हजार लिटर पेट्रोल बाडिने – विवरण सहित

पोखरा, ०१ फागुन –

कास्कीमा  मिति २०७२-११-०२ गते आइतबार नम्वरप्लेटका आधारमा विभिन्न पेट्रोल पम्पबाट चार पांग्रे गाडीलाई मात्र पेट्रोल वितरण हुने भएको छ  । आइतबार विहान ८ बजे देखि कास्कीका २१ वटा पेट्रोल पम्पबाट ८८ हजार लिटर पेट्रोल वितरण गरिने र सवारी धनीले पेट्रोल लिनको लागि  व्लूबुक र परिचय पत्र अनिवार्यरुपमा लिई आउनु पर्ने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

                                 आइतबारको  लागि पेट्रोल वितरण हुने पम्प परिमाण र  स्थानहरुको लिस्ट विवरण –

petrol

उपरोक्त पेट्रोल पम्पहरुबाट तेल वितरण गर्दा अनिवार्य अभिलेख राखी  वितरण गर्ने र वितरणको विवरण जिल्ला प्रशासन कार्यालय, कास्कीमा पेश गर्नुपर्ने छ । वितरण हुने उत्त .पेट्रोल मिति २०७२।१०।२९  गते साझसम्ममा नेपाल आयल निगम, इन्धन डिपो, गगनगौडाले सम्बन्धीत पम्पहरुमा उपलब्ध गराईसक्नुपर्ने छ । भोलि विहान ८ बजे देखि उपरोक्त पेट्रोल पम्पहरुबाट तोकिएका नम्बरप्लेटका आधारमा चारपांग्रे गाडीलाई रु.१५०० बराबरको पेट्रोल उपलब्ध गराउने र भाँडा वा ग्यालेनमा ईन्धन नदिने प्रशासनले बताएको छ । कास्की जिल्लाको पेट्रोलियम पदार्थको वितरण सम्वन्धी कार्यको अनुगमन तथा निरीक्षण गर्ने प्रयोजनको लागि देहाय बमोजिमको समिति गठन गरी वितरण प्रकृयालाई प्रभावकारी बनाउने निर्णय गरेको प्रसाशन ले जारि गरेको सुचनामा उल्लेख गरिएको छ।

१. पश्चिमाञ्चल ट्रेडर्स डिजल ३ के.एल.ट्ांयाकरका लागि
२. श्रीओम पेट्रोलियम ट्रेडर्स ३ के.एल ट्ांयाकरका लागि
३. ऋषि एण्ड ब्रदर्श साझा ३ के. एल . मुस्ताङका लागि
४. पञ्चरत्न आयल स्टोर्स ४ के.एल. स्कूलका लागि
५. जगदम्बा आयल ४ के.एल. स्कूलका लागि
६. कालिका पेट्रोल पम्प ४ के. एलस्कूलका लागि
७. सागर आयल स्टोर्स ४ के. एलस्कूलका लागि
८. लान्द्रुक पेट्रोलियम कम्पनी ४ के. एल. स्कूलका लागि

 लेखनाथ पारीको क्षेत्रमा

१. राजन नेपाल, नेपाल आयल निगम – संयोजक
२. प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, कास्की – सदस्य
३. प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय, पोखरा – सदस्य
४. प्रतिनिधि, उपभोक्ता मञ्च – सदस्य
५. प्रतिनिधि, लेखनाथ उद्योग बाणिज्य संघ – सदस्य

पोखरा क्षेत्रमा

१. प्रशुराम अधिकारी, नेपाल आयल निगम – संयोजक
२. प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, कास्की – सदस्य
३. प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय, पोखरा – सदस्य
४. प्रतिनिधि, उपभोक्ता मञ्च – सदस्य
५. प्रतिनिधि, पोखरा उद्योग बाणिज्य संघ – सदस्य

उपरोक्त बमोजिमको अनुगमन तथा निरीक्षण समितिले पम्पहरुको शुरु तथा अन्तिम मास्टर मिटर रिड गरी पारित नीति बमोजिम वितरण भए, नभएको अनुगमन गरी वितरणको प्रभावकारिता सुनिश्चित गर्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button