साग अन्तर्गत तेक्वान्दोमा यानकुमारी र ज्ञानीले रजत दिलाइन्

भारत, ०२ फागुन –

१२ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदकका आशा गरिएका तेक्वान्दोका यानकुमारी चौलागाई र ज्ञानी चुनारा पनि रजत पदकमा सिमिति भएका छन् । फाइलन खेलमा पराजीत हुदै दुवै खेलाडीले रजत पदक जितेका हुन् ।

महिला ४९ केजी तौल समूहमा यानकुमारी चौलागाई भारतीय खेलाडी पूर्वा दिक्षितसंग फाइनलमा ४–१२ अंकले पछि पर्दै रजतमा सिमिति हुन पुगिन् । भारतकी दिक्षितले स्वर्ण जितिन् ।

यस अघि उनले भुटानकी खेलाडी पेमा देचेन र पाकिस्तानकी आयशा नुरलाई पराजित गरेकी थिईन् । यस्तै महिला ५७ केजीमा ज्ञानी चुनारा पनि फाइनलमा पराजित हुंदै रजतमानै सिमित भईन् । उनी अफगानिस्तानकी खेलाडी हुमैरा एफ शाहसंग १०–७ अंकले पछि परेकी थिइन् । उनले पहिलो खेलमा पाकिस्तानकी नुसरत विविलाई र दोश्रो खेलमा भारतीय खेलाडी एस रामचियारीलाई पराजि गरेकी थिईन् ।

पुरुषको ७४ केजी तौल समूहमा निश्चलमान श्रेष्ठ सेमिफाइनलमा भारतीय खेलडी मनु जर्जसंग ४–१६ अंकले पराजित हुदै काँस्यमा सिमित भए । उनले श्रीलडकाली खेलाडी ज्ञानु परेरालाई पराजित गरेका थिए । पुरुषको ५८ केजी तौल समूहमा सुनिल पौडेल भारतीय खेलाडी गजेन्द्र परिहार संग सेमिफाइनलमा पराजित भए । उनी वाई पाएर सेमिमा प्रवेश गरेका थिए । स्वर्णको आशा गरिएको तेक्वान्दोमा आयशा शाक्यले सोमबार प्रतिस्पर्धा गर्ने छिन् ।

तेक्वान्दोबाट नेपालले तीन रजत र तीन कास्य पदक प्राप्त गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button