साग अन्तर्गत बक्सिडमा नेपाल कास्यमा सिमित

भारत, ०२ फागुन –

१२औं दक्षिण एशियली खेलकुद अन्तरगत आईतबार १४औं दिन बक्सिड कास्यमा सिमित हुन पुगेको छ । बक्सिडले तीन कास्य पदक प्राप्त गर्यो । फाईनल पुग्ने आशा गरिएकी ४८–५१ केजी तौल समूहकी मिनु गुरुड श्रीलडकाली खेलाडी के अनुशा दिलरुक्सी संग अंकको आधारमा पराजित हुदै काँस्यमा सिमित हुन पुगिन् । उनी पाकिस्तानी खेलाडी बानु खुसिहिमलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकी थिईन् ।

यस्तै पुरुष ६४ केजीका दीपक श्रेष्ठ पनि श्रीलडकाका दिनिदु सपरामान्डुसंग अंककै आधारमा पराजित हुंदै काँस्य पदकमानै चित्त बुझाउन बाध्य भए । दीपकले अफगानिस्तानका खेलाडी अहमदिन अहमद वाहिदलाई पराजित गरेका थिए ।

७ पुरुष र ३ महिला खेलाडीको सहभागिता रहेको बक्सिङ्गले पुरुष तर्फ १ र महिला तर्फ २ कास्य पदक प्राप्त गरेकोछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button