पुराना यातयात व्यावसायीको आन्दोलनले यात्रुहरु फेरी मारमा

पोखरा, ०३ फागुन – 

करीब एक साता अघि यातयात व्यावसायीहरुको मार खेपेका पोखरा सहित गण्डकी क्षेत्रका आम यात्रुहरुले पुनः मार खेप्नु पर्ने भएको छ । यातयात व्यवस्था कार्यालय पोखरा, जिल्ला प्रशासन कार्यालय कास्कीको अगुवाईमा पटक पटक भएको वार्ता निष्कर्ष विहिन भए पछि अन्ततः पुराना यातयात व्यावसायीहरुले आन्दोलनका कार्यक्रम सार्वजनीक गर्दै आन्दोलनमा उत्र्रिने भए पछि आम यात्रुहरुले पुनः सास्ती भोग्नु पर्ने भएको हो ।

करीब एक साता अघि यातयात व्यावसायीको वन्दको माग खेपेका पोखरा सहित गण्डकी अञ्चलका यात्रुहरुले पुनः व्यावसायीहरुको मार खेप्नु पर्ने भएको हो । नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ गण्डकी अञ्चल समितिको अगुवाईमा मंगलबार देखि आफुहरुले आन्दोलनका कार्यक्रमहरु सार्वजनीक गरेको समितिका सचिव धर्मराज बरालले बताए । पोखराको सवारी चाप यातयात व्यवस्थापन तथा वातावरणीय सन्तुलनलाई मध्यनजर नराखि तथा आवश्यकता अध्ययन नगरी मन्त्रीपरिसदको निर्णयले दिएको रुट प्रमिट तत्काल खारेज हुनु पर्ने माग राख्दै आफुहरु आन्दोलनमा उत्र्रिएको उनले बताए । भोलि मंगलबार विहान ११ बजे देखि १ बजेसम्म पृथ्बीचोकमा चक्का जाम गर्ने र यातयात व्यावस्था कार्यालयमा घेराउ गर्ने, बुधबार फागुन ५ गते गण्डकी अञ्चलमा समितिमा आवद्ध भएका सम्पुर्ण सवारी साधनहरु विहान ४ बजे वेलुका ५ बजेसम्म नचलाउने र सेवा ठप्प पार्ने, विहिबार फागुन ६ गते सडकमा समितिमा आवद्ध भएका आफ्ना गाडीहरु प्रर्दशन गरी कास्कीको सार्वजनीक यातयात सेवा ठप्प पार्ने, फागुन ७ गते अञ्चल भरी नै आफ्नो सेवा ठप्प पार्ने र फागुन ८ गते देखि आम चक्का जामको आवान गरी सडकमा गाडीहरु प्रदर्शन गर्ने कार्यक्रम तय गरीएको सचिव बरालले बताए । अपारदर्शी ढंगले रातारात रुट इृजाजत दिएको निर्णय बिरुद्ध आफुहरु आन्दोलनमा बाध्य भएर लागेको उनले जनाए । उक्त समितिमा २० वटा यातयात व्यावसायीहरु आवद्ध रहेका छन भने जसमा ६ हजार सवारी साधनहरु रहेको बरालले जनाए ।

पोखरामा नयाँ रुट प्रमिट पाएको विन्ध्यवासिनी बस व्यावसायी समितिलाई रुट व्यवस्थापन गर्न नसक्दा समितिले पोखरामा सेवा संचालन गर्न प्रशासनले रोक्दै आएको छ । गत माघ अन्तिम साता वार्ताबाट टुंगो लगाउने भनी कास्कीका प्रमुख जिल्ला अधिकारी हरीप्रसाद मैनालीले उक्त सेवा संचालन नगर्न आग्रह गर्दा गर्दै एक साता जसो विताएका नयाँ व्यावसायीहरुले भोलि मंगलबार भने सेवा संचालन गर्ने बताएका छन । विन्ध्यवासिनि वस व्यावसाय समितिका अध्यक्ष समबहादुर गुरुङले प्रशासनले हाल आफुहरुको रुट प्रमिटको व्याबस्था नमिलाएको कारणले गर्दा आफुहरुले चाहेर पनि एक साता जसो सेवा दिन नसकेको बताए । उनले मंगलबार देखि कुनै पनि हालतमा सेवा दिने जनाएका छन । उनले भने “यहाँ यातयात व्यावसायीहरु मात्र सिण्डीकेट होलान भनेको त यहाँको प्रशासन पनि सिण्डीकेट लगाउदो रहेछ, हामीले कति दिन कुर्र्ने अब हामीले धेरै समय कुर्न सक्दैनौं मंगलबार देखि सेवा संचालन हुन्छ ।” आफुहरुलाई यातयात व्यावस्था कार्यालयले दिएको रुटमा आफ्ना वसहरु संचालन गर्न आफुहरु तयार भएको उनले बताए । कास्कीका प्रमुख जिल्ला अधिकारी मैनालीले आफ्नो नेतृत्वमा बैठक राखेर ठोस निर्णय दिन नसकेको कारणले गर्दा सोमबार यातयात व्यावस्था कार्यालयको नेतृत्वमा बसेको बैठकले पनि निष्कर्ष दिन नसक्दा यातयात व्यावसायीहरुको द्धोन्द चर्कीएको हो । यातयात व्यावस्था कार्यालय पोखराका प्रमुख भरत पौडेलले पुराना यातयात व्यावसायीहरु र नयाँ यातयात व्यावसायहरु बिच सोमबार भएको छलफलकै क्रममा पुराना व्यावसायीहरु छलफलबाट एकैछिन बाहिरि निस्कन्छौं भनेर सम्पर्कमा नआएको गुनासो गरे । पुराना व्यावसायीहरुले नयाँ व्यावसायलाई एक सुत्रिय ढंगले रुट प्रमिट खारेजको मागको अडान राख्दै आएका छन । नयाँ वस तथा व्यावसायीहरुलाई सोमबार पोखराको नयाँ बजारमा स्थानीयले स्वागत समेत गरे । उक्त स्वागत कार्यक्रममा जान लाग्दा प्रशासनले एउटा वसलाई रोकेको अध्यक्ष गुरुङले गुनासो गरे । कास्की प्रशासनले पोखराको यातयात क्षेत्रमा रहेको विवादलाई अन्त्य गर्न नसक्दा लाखौं पोखरेलीहरुले फेरी सास्ती भोग्नु पर्ने भएको छ ।

४ बर्ष पछि विन्ध्यवासिनी वस व्यावसाय समितिले पोखरा उपमहानगरपालीका क्षेत्रमा रुट इजाजत (रुट प्रमिट) पाएसंगै पुराना यातयात व्यावसायीबाट विन्ध्यवासिनी वस माथि ढुगां मुडा प्रहार गर्दै अबरोध गर्दै आएका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button