पोखरामा हुने विश्व तेक्वान्दो हानमादाङ्ग प्रतियोगिताको तयारी तिव्र

पोखरा, ०५ फागुन –

पर्यटकीय नगरी पोखरामा यही फागुन १५ देखि १७ गते सम्म हुन लागेका विश्व तेक्वान्दो हानमादाङ्ग प्रतियोगिताको तयारी तिव्र पारिएको छ । नेपाल तेक्वन्दो संघ र कास्की जिल्ला तेक्वन्दो संघको आयोजना तथा विश्व तेक्वन्दो महासंघको सहयोगमा पोखरामा पहिलो पटक आयोजना हुन लागेको उक्त प्रतियोगिताको तयारी तिव्र पारिएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

उक्त प्रतियोगितामा सहभागि हुन २० राष्ट्रका करीब एक हजार ५ सय जना खेलाडीहरु सहभागि हुने भएको कास्की जिल्ला तेक्वन्दो संघका अध्यक्ष एवं हानामादाङ सचिवालय सचिव-संयोजक जगन गुरुङ्गले बताए । तेक्वन्दो खेल हानमादाङ्गको एक वृहत खेल प्रर्दशनी एवं डेमो सहितको प्रतियोगिता पोखरामा आयोजना हुने भए पनि आफुहरु करीब एक महिना देखि तयारीमा जुटेको उनले बताए । कोरीयामा हरेक बर्ष हुदै आएकोमा उक्त बृहत कार्य्रक्रम पहिलो पटक नेपालमा आयोजना हुने भए पछि उक्त कार्यक्रमको लागि विश्व तेक्वन्दो महासंघले एक लाख डलर (एक करोड ) दिने भएको छ जुन रकम कार्यक्रमको खर्चको दुई तिहाई हो । ५० लाख रुपैया जसो राष्ट्रिय तथा स्थानीय स्तरमा आर्थिक संकलन गरीने भएको उनले बताए । कोरीयाको तेक्वान्दो खेलको प्रचार अभियान अन्र्तगत कोरीयाले कोरीया बाहिर पहिलो पटक नेपालमा आयोजना गर्ने अवसर दिएकोले यसलाई आफुहरुले भब्य एवं सभ्य रुपमा सम्पन्न गर्न अवसर र चुनौती आएको गुरुङले जनाए ।

उक्त कार्यक्रमको अवसरमा पोखरामा करीब ८ देखि १० करोडको कारोवार हुने अपेक्षा गरीएको छ । भूकम्प तराई मधेष आन्दोलन र भारतीय नाकावन्दीको कारणले गर्दा थलिएको पर्यटन क्षेत्रलाई माथि उकास्न यस प्रतियोगिताले धेरै मद्धत पुग्ने संयोजक गुरुङले विश्वास लिएका छन। पोखराको प्रदर्शनी केन्द्रमा उक्त कार्यक्रम हुने भएको हो । ८ देखि ५९ बर्ष उमेर समुहका खेलाडीहरु कार्यक्रममा सहभागि हुने भएकोले उनका आफन्त सहित करीब पोखरामा ३ हजारको हाराहारीमा सहभागि हुने भएको गुरुङले जनाए । उक्त अवसरमा नेपालको कला, संस्कृति तथा भेषभुष सहितको, झाँकी समेत प्रर्दशनी गरीने भएको छ ।

सन १९९२ वाट कोरीयामा लगातार रुपमा हुँदै आएको हानमादाङ्ग पहिलो पटक कोरीया भन्दा बाहिर पोखरामा आयोजना गर्न लागिएका हो । प्रर्दशनी केन्द्रको डेमोमा ३ वटा एरिना तथा बाहिर मुख्य स्टेज निर्माण गरिने छ । आयोजना स्थलमा विभिन्न फुड स्टल, पर्यटन र खेलकुद संग सम्वन्धित स्टलहरु रहने छन । हानमादाङ्ग प्रतियोगितालाई व्यवस्थित गर्न मुस्ताङ्गचोक स्थित लेगेसी होटलमा सचिवालय स्थापना गरिएको हानमादाङ सचिवालयका कार्यालय प्रमुख केशव पाठकले बताए । प्रतियोगिता सम्पन्न गर्न नेपाल तेक्वन्दो संघका अध्यक्ष प्रकाश शम्सेर राणाको अध्यक्षता तथा कास्की जिल्ला तेक्वन्दो संघका अध्यक्ष जगन गुरुङ्ग सचिव रहने गरी मुल आयोजक समिति गठन भएको हो । कार्यक्रमलाई सफलतापुर्वक सम्पन्न गर्न विभिन्न २१ वटा उपसमितिहरु गठन भई उनीहरुले आ–आफ्नो जिम्मेवार वहन गर्दै गरेको गुरुङले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button