लेखनाथ महोत्सवको दोश्रो बिहिबार दर्शकको उल्लेख्य सहभागिता

लेखनाथ, ०६ फागुन – 

लेखनाथको भण्डारढिकमा जारी १२ औं लेखनाथ महोत्सवको दोश्रो दिन विहिबार यातायात व्यवसायीको बन्दका बावजुद दर्शकको उल्लेख्य सहभागिता रह्यो ।

बन्दले विहान महोत्सव केही समय प्रभावित भए पनि दिउँसो देखी दर्शकहरुको संख्या बढेको थियो । विहिबार महोत्सवमा झण्डै १५ हजार दर्शकले अवोलकन गरेको र एउटा कार सहित झण्डै १ करोड रुपैयाको कारोबार भएको लेखनाथ उद्योग बाणिज्य संघका महासचिव छत्रधर आत्रेयले जानकारी दिए ।

महोत्सवमा कृषिजन्य उत्पादन र घरायसी आवश्यकताका सामाग्रीहरुको कारोबार राम्रो भएको आयोजकले जनाएका छन् । यसैगरी अटो तर्फ फोर्ड कम्पनीको एउटा कार विक्री भएको आत्रेले जानकारी दिए । महोत्सवमा गुडलक एग्रो टुरिजम प्रा.लि ले संचालनमा ल्याउन लागेको एग्रो टुरिजम रिर्सोटको नमूनाको प्रदर्शनमा दर्शकहरुले चाख लिएका थिए । प्रोजेक्टका विषयमा संचालकद्धय विश्वगोपाल श्रेष्ठ र ऋषिराम भण्डारीले लेखनाथ उद्योग बाणिज्य संघको सहयोगमा एक जिल्ला एक उत्पादन कार्यक्रम अन्र्तगत केही आर्थिक सहयोग प्राप्त भएको बताए ।

महोत्सवमा युवापुस्ताका दर्शकहरु पपकन्र्सटमा झुम्मिएका थिए भने प्रौढहरु दोहोरीमा रमाएका थिए । पपमा हिमाल सागर, कालिप्रसाद बस्ताकोटी, गण्डकी तारा ओम गुरुङ्ग र सन्दिप सिंह रानाले युवा पुस्तालाई मनोरन्जन दिलाएका थिए । यसैगरी दोहोरी तर्फ राजु गुरुङ्ग, जुना श्रीष, जीवन दाहाल, सिता के.सी, शिवहरी ढुंगाना, प्रदिप त्रिपाठी, सुरेन्द्र गुरुङ्ग र काजोल गुरुङ्गले दर्शकलाई नचाएका थिए ।महोत्सव लेखनाथको संस्कृति स्थानीय उत्पादन विकास र संमृद्धि भन्ने मुलनाराको साथ फागुन १६ गतेसम्म संचालन हुने महोत्सवमा अटो, कृषि, हस्तकला, खाद्यान्न, गार्मेन्ट, घरेलु उत्पादन, खानाका परिकार सहितका ३ सय भन्दा बढी स्टल राखिएको छ ।

शुक्रबार प्रजातन्त्र दिवश विदाको दिन समेत परेकाले दर्शकहरुको सहभागिता बढ्ने आयोजकले विश्वास लिएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button