पश्चिमाञ्चल होटल संघ पोखराद्वारा पाललाई बिदाई

पोखरा, ९ फागुन –

सरुवा भई जान लागेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक हरिबहादुर पाललाई पश्चिमाञ्चल होटल संघ पोखराले हालै विदाई गरेको छ ।

संघले आयोजना गरेको सानो कार्यक्रममा संघका अध्यक्ष भरतराज पराजुलीले प्रहरी उपरीक्षक पालको विदाई गरेका थिए । सो अवसरमा बोल्दै पालले आफ्नो कास्की बसाई सुखद रहेको र थुप्रै राम्रा काम समेत गर्न आफू सफल भएको भनाई राखे । आफू जहाँ रहे पनि कस्केलीको आत्मीयता नभुल्ने बताउँदै पालले होटलकर्मीलाई सो अवसरमा उनीहरुले गरेको सहकार्यप्रति धन्यबाद पनि दिए ।

संघका अध्यक्ष भरतराज पराजुलीले पालको कार्यकालमा जिल्लाको शान्ति सुरक्षाको अवस्था राम्रो रहेको बताउँदै पर्यटन क्षेत्रसँग पालले गरेको सहकार्यको सराहना गरे । कास्कीमा जिम्मेवारी निर्वाह गर्न आएको एक वर्ष पछि पाल महानगरीय दंगा नियन्त्रण प्रहरी गण, काठमाण्डौ जाँदैछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button