राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तिव्र

पोखरा, ९ फागुन –

मेला महोत्सवको शहर पोखरामा यही फागुन २१ गते देखि सुरु हुने राष्ट्रिय औद्योगिक व्यापार मेला –२०७२ को तयारी तिव्र पारिएको छ । पोखरा नयाँबजार स्थित पोखरा प्रदर्शनी केन्द्रमा चैत १ गते सम्म संचालन हुने उक्त मेलाको तयारी तिव्र पारिएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

उक्त मेलामा हाल १५ प्रतिशत जसो मात्र स्टलहरु बुकिङ हुन बाँही रहेका छन । मेलामा रहने विभिन्न व्यापारिक प्रयोजनका ३ सय ६ वटा स्टलहरु मध्य हालसम्म ८५ प्रतिशत स्टलहरु अग्रिम बुकिङ भएको पोखरा उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष देव क्षेत्रिले बताए । अत्याधुनिक डोममा निर्मित विशेष प्रकारका ७८ वटा सूचना प्रविधी सम्बन्धी स्टलहरु, मिनि डोम १८, रेष्टुरेष्ट १५, अटो ४५, मेड इन नेपाल पेभेलियनमा ३५, ,कृषि १४, हस्तकलामा १०, फ्लोरिकल्चरमा ६ र ८५ वटा साधारण स्टल रहने भएको बताइृन्छ । ३ लाख दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरीएको उक्त मेलाबाट १ करोड ११ लाख आम्दानी गर्ने लक्ष्य राखिएको क्षेत्रिले जनाए । मेला सम्पन्न गर्न ८३ लाख ७० हजार खर्च हुने र २७ लाख ५० हजार बचत हुने अनुमान गरिएको उनले बताए । बचत भएको रकम नेपाल सरकारको ५ विकास क्षेत्रमा १-१ वटा क्षेत्रीय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने अवधारणा अनुरुप पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम पोखरामा निर्माण हुन लागेको क्षेत्रीय स्तरको प्रदर्शनीस्थल पोखरा प्रदर्शनी केन्द्रको पूर्वाधार निर्माणमा विशेष प्राथमिकता प्रदान गरी खर्च गरिने भएको कार्यवाहक अध्यक्ष क्षेत्रीले जनाए । टिकट विक्रिबाट प्राप्त रकम विगतका वर्षहरुमा थालिएको सामाजिक कार्यलाई निरन्तरता दिँदै पोखराको विकासका लागि ४ र संघद्धारा संचालित बालश्रम न्यूनिकरण कार्यक्रमलाई प्रति टिकट एक रुपया छुट्याइने भएको संघले जनाएको छ । क्यान कास्कीसँगको सहकार्यमा मेलाको टिकट अनलाइन बुकिङको व्यवस्था मिलाइएको र अनलाइन बुकिङ गर्नेलाई ५० प्रतिसत छुटको व्यस्वस्था समेत गरिएको छ । पोखरा उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं पोखरा उपमहानगरपालिका, पोखरा उपत्यका नगर विकास समिति, जिल्ला विकास समिति कास्कीको सहयोग ,अर्घाखाँची सिमेण्टको मुख्य प्रायोजन, राष्ट्रिय वाणिज्य बैंक तथा नबिल बैंकको सह प्रायोजन एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स लिमिटेड, टिकट प्रायोजनमा नेपाल टेलिटक प्रालि ( कलर्स मोवाइल) पानीको लागि टुडे मिनिरल वाटर, ब्रोसर प्रायोजकमा हिमालय जनरल इन्स्योरेन्स, काठमाण्डौं पोखरा माइक्रो बसमा ब्यानर प्रायोजनमा पन्थी डेरी प्रालि, अफिसियल होटलमा अतिथी रिसोर्ट एण्ड स्पा तथा अफिसियल एयरलाइन्स यति एयरलायन्सको सहकार्यमा उक्त मेला हुन लागेको क्षत्रीले बताए ।

पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाको अध्यक्षतामा मूल समारोह तथा कार्य सम्पादन समितिसहित २१ वटा विभिन्न उपसमितिहरु गठन गरी उपसमितिमा आवद्ध पदाधिकारीहरुले जिममेवारका साथ आ–आफ्नो जिम्मेवार वहन गरेका छन । पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउने उदेश्यले मेलाको आयोजना गरिएको क्षेत्रीले जनाए । राष्ट्रिय औद्योगिक ब्यापार मेला–२०७२,पोखराको मूल नारा ‘ लगानीको सम्वद्र्धन ः उद्योग ब्यवसायको प्रवद्र्धन भन्ने तय गरेको छ । संघले तय गरेको नारा अनुरुप नै यो मेला पश्चिमाञ्चल क्षेत्रमा ब्यवसाय बिस्तारको संभावनाको खोजी गर्ने उदेश्यमा संघ लागेको कार्यवाहक अध्यक्ष षत्रीस्ले जनाए । मेला आकर्षणको रुपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पूष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुको गतिविधीहरुको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको विक्री वितरण रहने भएका छन् । देशका विभिन्न भागबाट मेलामा सहभागि हुन आउनु हुने दर्शकहरुको लागि सुविधा निम्ति पश्चिमाञ्चल क्षेत्रीय होटल संघसँगको सहकार्यमा आवासको लागि होटलको कोठामा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button