विन्दवासिनीका बस प्रहरीको नियन्त्रणमा

पोखरा, ०९ फागुन –

पोखरामा नयाँ र पुराना यातयात व्यवसायीहरुको विवाद कागजी रुपमा अन्त्य भए पनि उपयुक्त रुट ईजाजत दिन नसक्दा समस्या बल्झीदै आएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा विहिबार बसेको सर्वपक्षीय तथा सर्वदलीय बैठकले पुराना तथा नयाँ यातयात व्यावसायीहरुको विवाद कागजी रुपमा टुंगाए पनि विन्ध्यवासिनीका गाडीहरुलाई रुट व्यावस्थापन गर्ने बिषयमा गण्डकी यातयात व्यावस्था कार्यालयले पोखराले व्यवस्थापन गर्न नसक्दा समस्या वल्झदै आएको छ ।

वार्ता सफल भए पछि विन्ध्यवासिनीका गाडीहरु सुक्रबार निर्वात रुपमा संचालन भएकोमा शनिबार देखि समितिका ३ वटा बसको चाबी प्रशासनले नियन्त्रणमा लिएको विन्ध्यवासीनी बस व्यवसायी समितिका अध्यक्ष समबहादुर गुरुङले बताए । उनले भने “हामीलाई भन्दा यात्रुलाई एउटा गन्तव्यमा पु्राउने गरी रुट व्यावस्थापन नगर्दासम्म हामी हाम्रो वार्ता सफल भएको मान्दैनौं तवसम्म हामी प्रशासन र यातयात व्यवस्था कार्यालयमा माग पुरा गर्न जाने छौं । ” यातयात व्यवस्था कार्यालयले पोखराको छोरेपाटनबाट पार्दी हुदै पृथ्बीचोकसम्मको रुट आफुहरुको लागि पहिचान गरेर जानकारी गराए पनि आफुहरुको लागि उत्त रुट उपयुक्त नभएको अध्यक्ष गुरुङले बताए । उक्त रुट आफुहरुको लागि उपयुत्त नभएको जानकारी गराए पछि यातयात व्यवस्था कार्यालयले पोखरा –२५ (पुम्दी भुम्दी) खाडेखोला हुदै पृथ्बीचोकसम्मको रुट दिएकोमा पनि आफुहरु सो क्षेत्रमा नचलाउने भएको अध्यक्ष गुरुङले बताए । आफुहरुले कम्तीमा पनि एक दुई वटा स्कुल तथा क्याम्पसका बिद्यार्थीहरुलाई सेवा दिने गरी रुट दिएको खण्डमा आफुहरुले सो क्षेत्रमा सेवा दिने अन्यथा आफुहरुको गाडीमा चढ्ने यात्रुले निस्चित गन्तव्यमा पुग्दा अर्को बसमा चढ्नु पर्दा उनीहरुलाई खर्च र सास्ती हुने भएकोले आफुहरुले यस्तो रुटमा चलाउन नचाहेको प्रष्ट पारे ।

कास्कीका प्रमुख जिल्ला अधिकारी एवं यातयात व्यवस्था समितिका अध्यक्ष समेत रहेका हरी प्रसाद मैनालीले आफुहरुले दिएको रुटमा विन्ध्यवासिनीका गाडीहरु संचालन नभए थन्काउने चेतावनी दिए । समितिका ३ वटा बसहरु मध्य दुई वटा छोरेपाटनमा र एउटा वस ट्राफिक कार्यालयमा बसका चावी लिएर गाडी नियन्त्रणमा लिए पनि कास्कीका प्रमुख जिल्ला अधिकारी मैनालीले भने आफुहरुले चाबी नखोसेको बताए । आफुहरुले व्यबस्थापन गरेको रुटमा गाडी नचलाउनेलाई अन्य रुटमा चलाउन नदिने प्रशासनले घुमाउरो भाषामा चेतावनी दिएको छ ।

पुराना यातयात व्यवसायीहरुले विन्ध्यवासिनी समिति र रुट खारेजीको माग गर्दै गण्डकी क्षेत्र आम चक्का जामको घोषणा गरी आन्दोलनमा उत्र्रिए पछि वार्तामा विहिबार अनिश्चितकाल चक्का जामको घोषणा फिर्ता गर्ने निर्णय संगै बैठकले पक्राउमा परेका दुई जना यातयात व्यवसायीलाई प्रकृयाबाट रिहाई गर्ने, विन्दवासिनी वस व्यवसायी समितिका वसलाई तीन दीन भित्रमा यातयात व्यावस्था कार्यालय पोखराले उपयुक्त रुट ईजाजत दिने, पोखरामा एक देखि डेड महिना भित्र विज्ञहरुको समितिले गण्डकी क्षेत्रमा नयाँ गाडी थप्ने बिषयमा अनुसन्धान गरी प्रतिवेदनको आधारमा निर्णय गर्ने सहमति भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button