वात्सायन बृद्धाश्रमलाई बिदेशी दाता संस्थाले आठ हजार युरो सहयोग

पोखरा, १० फागुन –

पोखरा–१८ बाच्छिबुडुवाको वात्सायन बृद्धाश्रमलाई बिदेशी दाता संस्थाले आठ हजार युरो सहयोग प्रदान गरेको छ । पोखराको सिर्जना बिकास केन्द्रको पहलमा नेदरल्याण्ड, मार्सनस्थित स्टिचिङ होल्मस भ्यान नामक संस्थाले सहयोग स्वरुप करिव १० लाख नेपाली रुपैयाँ बराबरको उक्त रकम प्रदान गरेको हो ।

बृद्धाश्रमको सातवटा कोठामा सुबिधासम्पन्न सौचालय निर्माणका लागि सहयोग रकम जुटेको हो । आज एक कार्यक्रमका बिच दाता संस्थाको तर्फबाट सिर्जना बिकास केन्द्र र वात्सायन बृद्धाश्रमका बिच संयुक्त रुपमा सम्झौता गरिएको छ । सिर्जना बिकास केन्द्रका प्रबन्धक बिरबहादुर अधिकारी र पोखरा बृद्धाश्रमका अध्यक्ष बोधराज कार्कीले संयुक्त रुपमा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

बृद्धाश्रममा आश्रय लिएका करिव १४ जना बृद्धबृद्धाहरु बस्ने सात वटा कोठाका लागि एट्याच सहितको सुबिधासम्पन्न शौचालय बनाइन लागेको हो । बात्सायन बृद्धाश्रमले योजनाका लागि थप एक हजार युरो थपेर २३ दिनभित्र निर्माण कार्य पूरा गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ । शौचालयको निर्माण अतिरिक्त ७ वटा कोठाका लागि कार्पेट, पर्दा र फर्निसिङ लगायत आबश्यक सामग्रीका लागि १५ सय युरो दाता संस्था होल्मस भ्यानबाट रकम थपिएको केन्द्रका प्रबन्धक अधिकारीले बताउनुभयो ।

कार्यक्रमका प्रमूख अतिथि तथा केन्द्रका अध्यक्ष राजु पौडेलले केन्द्रले सामाजिक कार्यक्रमहरु गर्ने शिलशिलामा सिर्जना बिकास केन्द्र बृद्धाश्रमसम्म आइपुगेको बताउनुभयो । ‘बृद्धाश्रमप्रति केन्द्रले गर्ने यस्तो सहयोग अन्तिम नभएर शुरुवात हो,’–पौडेलको भनाई थियो । केन्द्रकी महासचिव शान्ति शर्माले सामाजिक कार्यक्रमहरुमा आर्थिक पारदर्शिता ठूलो रहने उल्लेख गर्दै पौडेलले सिर्जना बिकास केन्द्रको पहलमा जुटेको सहयोगलाई सही रुपमा सदुपयोग गर्न आग्रह समेत गर्नुभयो । शर्माले बृद्धाश्रमलाई नमूना बृद्धाश्रमका रुपमा बिकास गर्न समेत आग्रह गर्नुभयो ।

बृद्धाश्रमका अध्यक्ष बोधराज कार्कीले आफ्ना केही समयहरुलाई बृद्धाश्रमका लागि खर्चेको उल्लेख गर्नुभयो । कार्कीले बृद्धाश्रमका लागि सहयोगका रकमबाट बन्ने कुनैपनि परियोजनामा आर्थिक पारदर्शिता अपनाइने प्रतिबद्धता जनाउनुभयो । बृद्धाश्रमका सल्लाहकार एबं संस्थापक अध्यक्ष गोकर्ण कार्कीले स्वागत मन्तव्य दिनुभएको कार्यक्रमको सञ्चालन सचिव ललित बानियाले गर्नुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button