सामाजिक अभियन्ता महेश सम्मानित

पोखरा, ११ फागुन –

पोखरा १० रामबजारस्थित श्री कृष्ण मन्दिर सञ्चालक समितिद्धारा सामाजिक अभियन्ता महेश गुरुङ मानार्थ सदस्यबाट सम्मानित हुनुभएको छ । मन्दिर परिसरमा मंगलवार आयोजित एक कार्यक्रममा बिच अभियन्ता गुरुङलाई मानार्थ सदस्यताको प्रमाणपत्र, दोसल्ला, माला र टीकाबाट सम्मान गरिएको हो ।

श्रीकृष्ण मन्दिरको श्रीबृद्धिका लागि गुरुङले पुर्याउनु भएको योगदानको उच्च सम्मान गर्दै समितिद्धारा आयोजित कार्यक्रममा समाजसेवी रामप्रसाद गुरुङले मानार्थ सदस्यता पत्र, श्री कृष्ण मन्दिर संचालक समितिका संरक्षक गणेशकुमार श्रेष्ठले दोसल्ला, श्री कृष्ण मन्दिर आमा समुहका अध्यक्ष मीना भण्डारीले माला र सल्लाहकार श्रीपति शर्मा लामिछानेले टीका लगाइदिदै अभियन्ता गुरुङलाई सम्मान गरिएको हो ।

सम्मानित सामाजिक अभियन्ता गुरुङले जीवन रहेसम्म श्री कृष्ण मन्दिरको चौतर्फी विकासका लागि आफ्नो तर्फबाट सक्दो पहल हुने बताउनुहुदै मानार्थ सदस्यताबाट आफुलाई सम्मानित गरेकोमा श्रीकृष्ण मन्दिर सञ्चालक समिति र श्रीकृष्ण मन्दिर आमा समुहलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले समृद्ध समाज निर्माणका लागि हरेक टोलबासीहरुले आ—आफ्नो टोल विकासका लागि जाग्नु पर्दछ भन्नुहुदै संस्थागत विकास, सामाजिक विकासका लागि पहिला आफुले सहयोग गरौं अनि अरुलाई पनि विकासमा सहभागी गराउन आग्रह गर्नुभयो ।

रामबजार सोसाईटी युकेलाई आफ्नो मुल संस्था सम्झनुहुने अभियन्ता गुरुङले संस्थाहरुले सहारा क्लवको विकासबाट सिक्न जरुरी रहेको बताउनुभयो । उहाँले आफ्नो अब तत्कालका लागि सहयोगको प्राथमिकता पुरञ्चौरमा एचआइभी एड्सबाट प्रभावित चारजना बालबालिकाको अभिभावकत्व प्रदान गर्दै समाजमा संघर्ष गरिरहनु भएकी एड्स पीडित एकल महिला लक्ष्मी अधिकारीलाई सघाउने जुट्ने जानकारी दिनुभयो । पहिलो आवाश्यकता सोलार बत्तीको रहेछ हामी केही समयमा नै सोलार बत्ती जडान गर्दैछौं, सम्पुर्ण सहयोगी महानुभावहरुले लक्ष्मी अधिकारीको अभियानमा साथ दिन उहाँको अनुरोध थियो ।

कार्यक्रममा कालिका मन्दिर संचालक समितिका अध्यक्ष मनवीर गुरुङ ढासाले सम्मानित हुनुभएका अभियन्ता गुरुङलाई बधाई ज्ञापन गर्नुहुदै रामबजारको विकासका लागि सबै कृयाशील हुनुपर्नेमा जोड दिनुहुदै रामबजारमा रहेर रामबजार भन्दा अन्यत्र सहयोग गरिरहने महानुभावहरुलाई रामबजारमै सहयोग गर्न आग्रह गर्नुभयो ।

सम्पुर्ण संघ संस्थाका तर्फबाट ज्ञानज्योति पुस्तकालायका अध्यक्ष निरज थापाले मन्तव्य व्यक्त गर्नुहुदै सम्मानित महेस गुरुङले समाज विकासका लागि पुर्याउनु भएको योगदानको मन्दिर संचालक समितिले कदर गर्दै सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । प्राणी जातिमा उत्कृष्ठ मानव जाति हो, मानव समुदायमा पनि सम्मानित महेस सर उत्कृष्ठ व्यक्ति रहेको भन्दै प्रसंसा गर्नुभयो ।

कार्यक्रममा श्री कालिका मन्दिर संचालक समितिको तर्फबाट भरखरै अमेरिकाबाट घरविदामा आउनु भएका भिमसेन श्रेष्ठलाई समाजसेवी रामप्रसाद गुरुङले माला र आमा समुह अध्यक्ष मीना भण्डारीले टीका लगाएर स्वागत गर्नुभएको थियो भने मन्दिर संचालक समितिका प्रथम उपाध्यक्ष विश्व तण्डुकार नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीको कोषाध्यक्षमा चयन र पोखरा भ्याली स्पोट्र्स क्लवका उपाध्यक्ष नरेन्द्र गुरुङ बैवाहिक जीवनमा प्रवेश गर्नु भएको मन्दै मानार्थ सदस्यबाट सम्मानित सामाजिक अभियन्ता महेस गुरुङले माला लगाएर सम्मान गर्नुभएको थियो ।

श्रीकृष्ण मन्दिर संचालक समितिका अध्यक्ष ज्ञानबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष विश्व तण्डुकार र सञ्चालन उपाध्यक्ष प्रितम गुरुङले गर्नुभएको थियो । कार्यक्रममा श्रीकृष्ण मन्दिर संचालक समितिका पदाधिकारी, सदस्य तथा सल्लाहकार, रामबजार क्षेत्रका संघ संस्थाको प्रतिनीधिहरुको बृहत सहभागीता रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button