क्रान्तिकारी खुशीमान बुधबारदेखि सच्चिदानन्द बने

पोखरा, १२ फागुन –

क्रान्तिकारी खुशीमान गुरुङ बुधवारदेखि सच्चिदानन्द बन्नुभएको छ ।

पोखरा ३ नदिपुरस्थित धर्मशीला बुद्ध विहारमा एक कार्यक्रमका विच कास्की जिल्ला दाङसिङ ४ मयुँथर गाँउ भई हाल पोखरा १० रामघाट भानुमार्ग निवासी खुशीमान गुरुङ सांसरिक मोह त्याग गरी भन्ते श्रद्धानन्दबाट बुद्ध दर्शनको पञ्चशील र दश नियम ग्रहण गर्दै सच्चिदानन्द बन्नुभएको हो ।

आफ्नो परिवारजन, भाइखलक, आस्यो(मावली), फुपुहरु लगायत आफन्तजनसँग विहारमा पुग्नु भएको क्रान्तिकारी स्वभावका गुरुङले विगत १९ वर्षदेखि पाल्नु भएको कपाल काटी, बुद्ध भेष चिअर प्रदान गर्दै भन्ते श्रद्धानन्दले गुरुङको नाम सच्चिदानन्द प्रदान गर्नुभएको हो ।

खुशीमान गुरुङ मनुष्य जीवन सार्थक बनाउन बुद्धको शिक्षामा प्रवेश गर्नुभयो, ग्रहण गरिएका पञ्चशील र नियम व्यवहारमा उतार्नु पर्ने भन्ते श्रद्धानन्दले बताउनुभयो । पञ्चशील र दश नियम ग्रहण गराउनु अघि भन्ते श्रद्धानन्दले पारिवारिक स्विकृति हो होइन भनि गुरुङलाई सोध्नु भएको थियो भने जान अञ्जान यस अघि गरिएका भुलहरुको क्षमा मगाउनु भएको थियो ।

आमा नन्दकुमारी गुरुङ निधनमा समेत कपाल नकाट्नु भएका गुरुङले फागुनको १३ गते आमाको ४९ औं दिनको बत्ती बाल्ने दिन र आफ्ना केही अठोटहरुका पुरा भएकाले कपाल काटी भिक्षु उन्मुख भएको बताउनुभयो । आमा जिवित रहदा धर्मशीला बुद्ध विहारमा भक्तजनको रुपमा गइरहने भएकाले आफुले उक्त विहारमै पुगी परबजीत गरेको गुरुङले बताउनुभयो ।

२०५४ सालको स्थानिय निर्वाचनमा पोखराको पोखरामा गुरुङलाई उमेदवारी बनाउनुपर्नेमा जोड दिदा पनि एमालेले क्याप्टेन मनबहादुर गुरुङ र काँग्रेसले कुलबहादुर गुरुङलाई उपमेयरमा उमेदवारमा सिमित गरे पश्चात तमुवान प्राप्ति, संघीयता, धर्म निरपेक्षता लगायतका अधिकारका मुद्धासहित मेयरमा स्वतन्त्र उमेदवारीसँगै कपाल तमुवान प्राप्ति नहुञ्जेल कपाल नकाट्ने प्रतिवद्धता जारी गरे पनि अहिले केही अधिकार प्राप्ति भएको र केही अधिकार प्राप्ति हुने क्रममा रहेकाले कपाल काटेको उहाँले बताउनुभयो ।

दश नियममा प्राणी हिंसा, चोरी, झुठा बोली, धुमपान, मध्यपान, लागु औषध प्रयोग नगर्ने, व्यभिचार नगर्ने, जुवा तास नखेल्ने, नाचगान, बाजागाज रमाइलोमा नभुल्ने, अत्तर पाउडर नलगाउने, विलासितामा रम्न नहुने, सुनचाँदी पैसामा लोभ गर्न नहुने लगायत जानकारी गराउनुभएको थियो ।

६४ वर्षिय गुरुङको परिवारमा एक श्रीमती, एक छोरा र दुई छोरी रहेका छन । जेठी छोरी केशु गुरुङ अमेरिकामा हुनुहुन्छ, कान्छी छोरी पोर्चु गुरुङ पृथ्वीनारायण क्याम्पसमा बीए प्रथम वर्षमा अध्ययनरत भने छोरा सञ्चारकर्मी जिवेश गुरुङ काठमाडौंस्थित क्यापिटल एफएममा कार्यरत रहनुभएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button