१२ औं लेखनाथ महोत्सव २० करोडको कारोबार गर्दै समापन

लेखनाथ, १६ फागुन –

कास्कीको लेखनाथमा जारी १२ औं लेखनाथ महोत्सव २० करोड रुपैयाको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । महोत्सवमा ३ लाख दर्शकले अवलोकन गरेको आयोजक लेखनाथ उद्योग बाणिज्य संघका उपमहासचिव भरतकुमार अधिकारीले जानकारी दिए ।

महोत्सवको समापन गर्दै क्षेत्रिय प्रशासक शंकर प्रसाद कोइरालाले पर्यटन उद्योगका लागि लेखनाथ संभावनाको क्षेत्र रहेको उल्लेख गरे । प्रशासक कोइरालाले आर्थिक समृद्धिका लागि स्थानीय तथा कृषि उत्पादनमा जोड दिदै, त्यस तर्फ अग्रसर हुन व्यवसायीलाई आग्रह गरे । बेगनास, रुपा जस्ता महत्वपूर्ण ताल र सुन्दर डाँडा काँडालाई प्रवद्र्धन गर्न समेत कोइरालाले व्यवसायीहरुलाई आग्रह गरे।

संघका अध्यक्ष एवं लेखनाथ महोत्सव मुल आयोजक समितिका संयोजक लक्ष्मी प्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत लेखनाथ शर्मा, पोखरा उद्योग बाणिज्य द्धितिय उपाध्यक्ष मिनराज काफ्ले, मुख्य प्रायोजक रुपाकोट रिर्सोटका संचालक पुष्पराज अधिकारी लगायले महोत्सवले शिथिल अर्थतन्त्रलाई चलायामान बनाउन सफल भएको उल्लेख गरेका थिए । कार्यक्रममा द्धितिय उपाध्यक्ष कृष्णहरि भण्डारीले धन्यवाद तथा महासचिव छत्रधर आत्रेले संचालन गरेका थिए ।

फागुन ५ गते देखी संचालन भएको महोत्सव १२ दिनसम्म चलेको थियो । महोत्सवमा विभिन्न बस्तु तथा सेवाहरुका ३ सय भन्दा बढी स्टलहरु राखिएका थिए । सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि क्षेत्रिय प्रशासक कोइरालाले विभिन्न विधाका विजेताहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।

महोत्सवमा उत्कृष्ट अटो स्टलमा एल आई मोटर पार्टस र अटो भेन्चर प्रा.लि भएका छन् । यसैगरी कृर्षि स्टल तर्फ बेगनास मौरी घार उद्योग प्रथम, प्रतिज्ञा सहकारी संस्था द्धितिय, सन्सा एग्रो फर्म तृतिय र चक्रदेवी ताजा तरकारी उत्पादक कृषि समूह सान्तवना भएका छन् ।

कृषि प्रर्दशनी तर्फ विमला आचार्यको मुला, राजेन्द्र अधिकारीको कुखुरा उत्कृष्ट भएका छन् । यस्तै हस्तकलामा नेपाल क्राफ्ट, रेष्टुरेण्टमा वेलकम थकाली भान्सा घर, फेन्सी तथा गार्भेन्टमा मनिष बस्त्रालय, मेशिनरी तर्फ एक्सपानसीप नेपाल उत्कृष्ट भएका छन् । यसैगरी साधारण स्टल तर्फ कर्माचार्य वेक्स एण्ड फुड्स, संघसंस्था तर्फ गुडलक एग्रो फर्म डेरी तर्फ फिस्टेल डेरी प्रा.लि उत्कृष्ट भएका छन् ।

यस्तै महोत्सवमा र्याली झ्याकीमा तोरी चौर आमा समूह प्रथम, राधा माधव समिति द्धितिय, कुमाल सेरामिक्स निर्माण बहुउद्देश्यीय तृतिय र नेपाल कपडा तथा सिलाई सान्तवना भएका छन् ।

यसैगरी मातृ शक्ति सम्मानमा माया गरुङ्ग र कमला गरुङ्गको समूह प्रथम, उमा पन्थी र दुर्गा आचायको जोडी द्धितिय, गौरी चापागाई र सिता घोषको जोडी तृतिय र गंगा थापा र शान्ति राना मगरको जोडी सान्तवना भएका थिए ।

गण्डकी ताराको उपाधी अदिति लाई

mela 1

महोत्सवको विशेष आकर्षणको रुपमा रहेको गण्डकी ताराको उपाधि कास्की पोखरा कुडहरकी अदिति शर्माले चुमेकी छन् । उनले ५० हजार रुपैया नगद र विभिन्न पुरस्कार प्राप्त गरेकी छन । साथै उनले चर्चित संगितकार बसन्त सापकोटाको सहयोगमा एक चलचित्रमा पाश्र्व गायन गर्ने मौका समेत प्राप्त गरेकी छन् । गण्डकी ताराकै उपविजेतामा अनिल वि.क बनेका छन् । उनले २५ हजार नगद सहित विभिन्न पुरस्कार हात पारेका छन् । प्रतियोगिताको प्रथम पुरस्कार स्थानीय श्रंगा यातायात र द्धितिय पुरस्कार बेगनासताल बस संचालक समितिले प्रायोजन गरेका थिए ।

संगितकार बसन्तलाई गृहनगरमा सम्मान

mela 2

नेपाली गित संगितको क्षेत्रमा अनवरत रुपमा लागि उत्कृष्टता प्रदर्शन गर्न सफल चर्चित संगितकार बसन्त सापकोटालाई आइतबार महोत्सव स्थलमा भव्य सम्मान गरिएको छ । कास्कीको थुमाको डाँडामा जन्म भई लेखनाथ २ रिठ्ठपानीमा स्थायी रुपमा बसोबास गर्दै आउनु भएका सापकोटालाई नेपाली चलचित्र क्षेत्रमा लेखनाथ र समग्र कास्की एवं पश्चिमाञ्चल क्षेत्रको नाम रोशन गर्न सफल हुनु भएको भन्दै आयोजकले सम्मान गरेका हुन । दुई दशक देखी गित संगितको क्षेत्रमा क्रियाशिल सापकोटाका सागर सरी, सिम्पल सिम्पल, तिमि विनाको जिवन, ढल्क्यो ढल्क्यो, तिमी जहा छौ, म त्यही छु, फेरी नाई न भन्नु ल, कम्मर माथि पटुकी, सोलोली सोलोली, गाला रात्तै लगायत गितहरु नेपाली चलचित्रको क्षेत्रमा सुपरहिट मानिन्छन् ।

काठमाण्डौंमा व्यवसायीक रुपमा २०६५ साल देखी कार्य शुभारंभ गर्नु भएका सापकोटाले ८ सय भन्दा बढी गितहरुमा संगित दिनु भएको छ भने एक सय भन्दा बढी गितको शब्द सिर्जना गर्नु भएको छ । सापकोटा सहित उहाँका पिता र मातालाई समेत महोत्सवमा सम्मान गरिएको थियो । संगितकार सापकोटा महोत्सवको मुख्य आकर्षण गण्डकी ताराका प्रमुख निर्णायक समेत रहनु भएको थियो।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button