राजनीतिमा पनि खेलकुदको नियम लगाउनुपर्ने – उप-प्रधानमन्त्रि रावल

ढाका मोहन बराल  

पोखरा, १५ फागुन –

पोखरा प्रदर्शनी केन्द्रमा शनिबार देखि सुरु भएको भएको विश्व तेक्वान्दो हानमादाङ्ग प्रतियोगिता २०१६ प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै नेपाल सरकारका उप–प्रधान तथा रक्षा मन्त्री भिम रावलले खेलकुदको आफ्नै नियम रहेको हुन्छ भन्दै कुनैपनी खेल खेल्दा  मर्यादित र नियमसंगत ढंगले खेलिने बताउदै राजनीतिमा पनि त्यो नियम लागु हुनुपर्ने बताए ।

घुमाउरो पारामा हाम्रो देशको राजनीतिमा बिकृति छ भनेका रावलले खेलकुदको नियम राजनीतिमा लगाउनुपर्ने समय आएको बताउदै आफु त्यसका लागि तयार रहेको बताए  ।  कुनै पनि खेलमा जित्नका लागि नियमसंगत रुपले खेल्नुपर्दछ र हाम्रो देशको राजनीतिमा पनि त्यस्तो नीति नियमको आवश्यकता रहेको  उनले बताए ।  आफ्नो देशको आन्तिरीक समस्या आफै हल गर्ने दाबी गर्दै उनले भने “यो हाम्रो राजनीतिक समस्या हो, यसमा हाम्रो देशको समस्यामा हामी सवै राजनीतिक दलहरु एकै मञ्चमा ढिलो चाडो वसेरै सल्टाउछौं, यसमा कुनै बाहिरि देशको सहायता आवश्यक पर्दैन । ”

देशको विसम परिस्थितीमा पनि कोरीयामा आयोजवना हुदै आएको ठुलो खेलको कार्यक्रम नेपालमा आयोजना गर्ने अवसर दिएकोमा कोरीयालाई धन्यवाद दिदै उप–प्रधानमन्त्री रावलले आगामी दिनमा पनि जस्ता सुकै कार्यक्रमहरु नेपालमा आयोजना गर्ने अवसर दिएमा आफुहरु पछि नहट्ने दाबी गरे ।

प्रतियोगितामा नेपाल सहित ६ राष्ट्रका करीब ७ सय जना खेलाडीहरु सहभागि भएको कास्की जिल्ला तेक्वन्दो संघका अध्यक्ष एवं हानामादाङ सचिवालय सचिव जगन गुरुङ्गले बताए । उक्त प्रतियोगितामा नेपाल सहित भारत, बंगलादेश, मलेसिया, भूटान र ईण्डोनेसीयाका खेलाडीहरुले विभिन्न पाँच वटा ईभेण्टमा प्रतिष्प्रर्धा गर्दैछन । पुम्से, ब्रेकिङ, फाईटिङ, एरोबिग्स (नृत्य) र डेमोस्ट्रेसन तर्फ प्रतिष्प्रर्धा हुदै छ । विजयी देशका खेलाडीहरुलाई ट्रफि मेडल र प्रमाण पत्र वितरण गरीने भएको छ । ८ देखि ५९ बर्ष उमेर समुहका खेलाडीहरु कार्यक्रममा सहभागि हुने भएकोले उनका आफन्त सहित करीब पोखरामा १ हजारको हाराहारीमा सहभागि हुने भएको गुरुङले जनाए ।

नेपाल स्थित कोरीयाका राजदुत चोई योङ जिनले कोरीयामा हुदै आएको खेलकुदको ठुलो ईभेन्टले नेपालमा हुदा नेपाली खेलाडीहरुमा हौसला बढाउनुको साथै भूकम्पबाट प्रभावित भएको अबस्थामा केहि राहत मिल्ने विश्वास व्यक्त गरे । नेपाल तेक्वन्दो संघका अध्यक्ष प्रकाश शम्सेर राणाको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button