लामाको समन्वयमा भूकम्प प्रभावित जिल्ला गोर्खामा राहत वितरण

सुजन शिर्पाली
गोर्खा, १५ फागुन –

मुन डान्स रेष्टुरेण्ट पोखराका प्रोपाईटर तथा १७ औं सडक महोत्सवका संयोजक दोर्जे लामाको समन्वयमा भूकम्प प्रभावित जिल्ला गोर्खामा राहत वितरण गरीएको छ ।

लामाको नेतृत्वमा सुक्रबार गोर्खाको सौरपानी गा.वि.स. वडा ७ तुक्रांगमा २ लाख ७० हजार मुल्य बराबरको राहत सामाग्रि वितरण गरीएको हो। १ सय ७० वटा घरपरिवार ब्लयाङकेट वितरण गरिएको हो ।

dorje lama 2

साथै उक्त अवसरमा स्थानीय थानी प्रा.वि. बिध्यालयलाई ५ ओटा सेतो पाटी, ६ वटा हेड लाईट र एउटा दराज प्रदान गरीएको छ भने दोर्जे लामाको व्यक्तिगत रुपमा बिद्यालयलाई १० हजार नगद समेत आर्थिक सहयोग गरेका हुन । रेवान पोखरा र अन्य दाताहरु शेरा गुरुङ, केशवराज पाण्डे, कृति राना, डग्लस र ईन्सुवा, वसन्त गौतम, सुमन र रोजिना विजुक्छे, लोएस यन्ड्रीक्स, थोमस के ओल्फार, निरवान मुक्तान लगायबाट उक्त रकम संकलन भएको हो ।

dorje lama 3

विभिन्न दाताहरुको राहत सामाग्रि लिएर भूकपबाट प्रभावित क्षेत्र गोर्खामा पुगेर थोरै भए पनि राहत वितरण गर्न पाएकोमा खुसि व्यक्त गर्दै लामाले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने वचन दिए । स्थानीय दल बहादुर तामङ्गले आफ्नो क्षेत्रमा पोखराबाट आएर सहयोग गरेकोमा धन्यवाद दिदै यस्ता विपन्न क्षेत्रमा सहयोग गर्न अन्य दाताहरुलाई समेत आव्हान गरे ।

लामाको नेतृत्वमा रेवान पोखराका कार्यालय सचिव कमलराज कोइराला, संचारकर्मी सुजन शिर्प़ाली र धन प्रसाद गुरुङ गरि ४ जनाको टोली राहत वितरण गर्न गोर्खा पुगेका हुन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button