१७ औं खुल्ला नेपाल प्याराग्लाईडिङ तथा प्रि–वल्र्ड कप प्रतियोगिताकोे उपाधि रसियाका ग्लेवलाई

पोखरा, २२ फागुन –

रसियाका ग्लेव सुखोत्सकीले पर्यटकीय नगरी पोखरामा आज (शनिबार) सम्पन्न भएको १७ औं खुल्ला नेपाल प्याराग्लाईडिङ तथा प्रि–वल्र्ड कप प्रतियोगिताकोे उपाधि आफ्नो पोल्टामा पारेका छन । फागुन १५ गतेबाट पोखरामा सुरु भएको प्रतियोगितमा उनले करीब ९९ जना प्रतियोगिहरुलाई पछि पार्दै उपाधि आफ्नो पोल्टामा पारेका हुन । पाँच दिनको टाक्सको आधारमा उनले ३ हजार ३ सय १४ अंक ल्याउदै उपाधि आफ्नो कव्जामा पार्न सफल भएका हुन ।

भारतका अजय कुमार शर्मा उपविजेता भए । उनले ५ दिनको टाक्समा ३ हजार २ सय ८५ अंक ल्याएका हुन । शर्माको ग्लेव भन्दा २९ अंक कम हो । चाईनाका जुम्मिङ सन्ङ तेश्रो स्थामा आउन सफल भए । उनले ३ हजार २ सय ४१ अंक जोडे ।

त्यसै गरी महिला तर्फ भएको प्याराग्लाईडिङ प्रतियोगितामा कोरीयाकी युन हि कीम प्रथम भएकी छन । ५ दिनको टाक्समा उनले २ हजार ५ सय ५१ अंक ल्याउदै उपाधि आफ्नो पोल्टामा पारेकी हुन । रसियाकी ईम्गेनीया बेलोभाले २ हजार ३ सय ८ अंक ल्याउदै दोश्रो स्थानमा रहिन। काजकीस्थानकी डिनारा अस्मानोभाले १ हजार २ सय ७९ अंक ल्याउदै तेश्रो स्थान हासिल गर्न सफल भईन ।

त्यसै गरी नेपाली प्याराग्लाईडिङ पाईलटहरु मध्य विशाल श्रेष्ठ प्रथम भएका छन । उनले ५ दिनको टाक्समा ३ हजार ६३ अंक बटुल्दै प्रथम भएका हुन । २ हजार ९ सय ४८ अंक ल्याएका कृष्ण सुनुवार दोश्रो स्थान हासिल गर्न सफल भए । २ हजार ७ सय ८७ अंक जोडेका राजेश वंजन भने तेश्रो स्थानमा रहेका छन । प्रतियोगिहरुको अंक ग्लोवल पोजीजनीङ सिस्टम (जिप्ीाएस) को आधारमा उनीहरुलाई तोकिएको दुरीको आधारमा कुन कुन क्षेत्रमा उनीहरु पुगे सोको आधारमा अंक दिईएको प्रतियोगिताका प्राविधिक संयोजक रविन गुरुङले बताए । फागुन १५ गतेबाट सुरु भएको प्रतियोगिताको अवधिमा शनिबार अभ्यास खेल, एक दिन टाक्स रद्ध गर्नु पर्यो भने एक दिन खराव मौसमका कारण ८ जना प्याराग्लाईडीङ पाईलटहरु फेवातालमा खस्न पुग्दा सकुसल उद्धार गरीयो । शनिबार रिर्जव दिनको रुपमा राखिएको भए पनि अघिल्ला ५ दिनको टाक्सको आधारमा प्राप्त समय भएकोले शनिबार औपचारीक समापन हुदैछ । उक्त प्रतियोगिता पोखरामा केहि दिन खराव मौसमका बावजुत पनि सम्पन्न भएकोले आगामी बर्ष पोखरामा प्यारग्लाईडीङको वल्र्ड कप संचालन गर्न सकिने भएको ना का अध्यक्ष योगेश भट्टराईले बताए । उक्त प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पुर्णमा प्रतियोगिताका संयोजक कृष्ण भण्डारीले धन्यवाद दिएका छन ।

प्रतियोगिता अवधिभर पोखरामा व्यवसायीक कुनै पनि कम्पनीहरुबाट प्याराग्लाईडीङ नभएको ना का उपाध्यक्ष सोवित वानियाले बताए । पश्चिमाञ्चल क्षेत्रिय प्रशासक शंकर प्रसाद कोईरालाले विजेता खेलाडीहरुलाई आज (शनिबार) साँझ पुरस्कार वितरण गर्दै हुनुहुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button