फेवा महोत्सवको तयारी तिव्र, भारतीय पर्यटकलाई लक्षित गरी “चलिय पोखरा” अभियान चैत्र १३ देखि

पोखरा, ०६ चैत्र –

नेपाली नयाँ बर्षको अवसरमा पर्यटकीय नगरी पोखरामा आयोजना हुने फेवा महोत्सवको तयारी तिव्र पारिएको छ । पश्चिमाञ्चल होटल संघको आयोजना र नेपाल पर्यटन वोर्डको प्रवद्र्धनमा आयोजना हुने महोत्सवको तयारी तिव्र पारिएको शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

“फेवाताल बचाऔ” भन्ने नाराका साथ यहीे चैत्र २८ गते देखि वैशाख २ गतेसम्म उक्त महोत्सव वसुन्धरापार्कमा आयोजना हुने भएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीले बताए । उक्त महोत्सवलाई सफल पार्न “ चलिय पोखरा” अभियान यही चैत १३ गतेदेखि सुरु गरीने भएको पराजुलीले जनाए । १३ औं संस्करणको उक्त महोत्सवलाई सफल पार्न चैत १३ देखि १७ गतेसम्म भारतको गोरखपुर, कानपुर, लखनौ, वनारस उत्तरी भारतका विभिन्न क्षेत्रमा महोत्सवको निम्तो बाड्दै टोली अभियानमा लाग्ने भएको उनले बताए ।

भारतका विभिन्न क्षेत्रबाट सहज रुपमा पोखरा ल्याउन सकिने भएकोले र यस अघिका महोत्सवमा पनि भारतको उक्त क्षेत्रबाट पर्यटकहरु पोखरा आउने गरेकोले यस पाली पनि उक्त क्षेत्रलाई लक्षित गरी वोर्डर टाउन सेल्स मिसन अन्र्तगत चलिय पोखरा अभियानमा संचालन गरीएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीले बताए । यस बर्षको सुरुवातमै भूकम्प त्यस पछि तराइ मधेष आन्दोलन हुदै भारतीय नाकावन्दीको कारणले गर्दा खस्केको पर्यटन प्रवद्र्धन गर्न पनि यस्तो अभियान आवश्यक भएको अभियानका संयोजक संघका पुर्व अध्यक्ष हरी शर्मा गैरेले बताए । उनले भने “नेपाल र पोखरामा पर्यटकहरुको लागि हाल कुनै समस्या छैन भन्ने सन्देश हुनु हाल हाम्रो पहिलो आवश्यकता हो, हालै पोखरामा सार्क मन्त्री स्तरीय बैठक सम्पन्न हुनुले पनि पर्यटनको लागि सकरात्मक सन्देश गएको छ । ”

महोत्सवको प्रचार अभियान अन्र्तगत विभिन्न शहरमा महोत्सव सम्बन्धि तथा पोखराको पर्यटन प्रवद्र्धन गर्ने गरी ब्रोसर वितरण, पोष्टर र स्टीकर उपयुक्त ठाँउमा टाँस्ने र लक्षीत समुहलाई सीडी समेत वितरण गर्ने भएको पराजुलीले बताए । पर्यटकीय क्षेत्रको बृतचित्र प्रदर्शनी गरीने तथा सरोकार निकायसंग छलफल तथा अन्तरकृया कार्यक्रम समेत गर्ने योजना भएको उनले बताए । पर्यटन, संस्कृति र खानाको पक्षलाई बढी जोड दिएर महोत्सव आयोजना गर्न लागिएको पराजुलीले जनाए । उक्त अवसरमा रेष्टुरेण्ट एण्ड बार एशोसियसन रेवान पोखराको सहकार्यमा चैत्र ३० गते साँझ ५ बजे देखि राति मध्यान्हः १२ बजे र वैशाख १ गते साँझ ५ बजे देखि वेलुका १० बजेसम्म अम्बोट देखि हल्लान चोकसम्म सडक महोत्सव हुने भएको महासचिव भेकेन्द्र कुमार श्रेष्ठले बताए ।

भारतबाट टोली फर्किय पछि आन्तरीक पर्यटकहरुलाई लक्षित गरी नेपालका मुख्य शहरहरुमा समेत प्रमोशनल टुरको रुपमा जाने भएको उनले बताए । आन्तरीक पर्यटन प्रवद्र्धन गर्न जाँउ है पोखरा अभियान यस बर्ष पनि निरन्तरता दिईने अध्यक्ष पराजुलीले जनाए । फेवातालको किनारस्थित बसुन्धरापार्कमा फेवा नव वर्ष महोत्सव २०७३ हुने भएको संघका अध्यक्ष पराजुलीले बताए । महोत्सव सम्पन्न गर्न संघका प्रथम विकल तुलाचनकोे संयोजकत्वमा ३५ भन्दा बढी उपसमिति गठन गरीएको छ । अंग्रेजी नयाँ वर्ष जस्तै धुमधामका साथ नेपाली नयाँ वर्ष मनाउने तयारीमा आफुहरु जुटेको संयोजक तुलाचनले बताए । महोत्सवमा सांस्कृतिक समूहहरुको झाँकी, देशविदेशका परिकारहरुको प्रदर्शनी र पर्यटकीय गतिविधिहरु समेटिने छन् । पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य बनाउने अभियानमा समेत महोत्सवले सघाउने पराजुलीले विश्वास लिएका छन । पाँच तारे होटलहरुदेखि गाउँ घरमा पाइने खानाका परिकारहरु, विविध सांस्कृतिक गतिविधि, राष्ट्रिय दोहोरी गीत, सांगीतिक बैंण्डहरुको प्रस्तुती र बाल उद्यान महोत्सवमा आकर्षण रहने छन् । महोत्सवको अवसरमा रेष्टुरेण्टहरुमा र होटलहरुमा केही छुटका प्याकेज ल्याउने तयारी भएको संघले जनाएको छ । नेपाल पर्यटन वोर्ड पोखरा कार्यालयका प्रमुख उदय भट्टराई, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, द्धितीय उपाध्यक्ष लक्ष्मण सुवेदी लगायतले महोत्सव सफल पार्न सहयोग गर्ने वचन दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button