एपीएफलाई ५–० गोल अन्तरले हराउदै मनाङ मस्र्याङदी फाइनलमा प्रवेश

पोखरा ०८ बैशाख –

लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी पोखरामा जारी पांचौ मनकामना पोखरा कपको फाइनलमा प्रवेश गरेको छ । बुधवार सम्पन्न खेलमा विभागीय टीम शसस्त्रको एपीएफ लाई ५–० गोल अन्तरले हराउदै फाइनलमा प्रवेश गरेको हो ।

बुधवारको खेलमा मनाङको टीम क्याप्टेन अनिल गुरुङले खेलको ३२ औ मिनेटमा मनाङका लागी पहिलो गोल गरेका थिए । अनिलको गोल पश्चात मनाङका खेलाडी अफेज ओलावाले खेलको ४०, ४६ र ५० औ मिनटमा लगातार तीन गोल गरेका थिए । खेलको ७६ औ मिनेटमा रवि पास्वानले पांचौ गोल गरेका थिए । खेलमा ह्याट्रिक गर्न सफल अफेज ओलावाले खेलको म्यान अफ दी म्याच घोषित भए ।

manakamana ftbl 2

खेलमा बिभागिय टीम एपी एफको तर्फबाट कुनै गोल हुन सकेन । बुधवारको बिजेता मनाङ मस्र्याङदी क्लवले बिहीबार हुने धरान फुटवल क्लव र त्रिभुवन आर्मी बीचको बिजेता संग उपाधीका लागी शनिवार भिड्ने छ ।

manakamana ftbl 3

खेल पश्चात सञ्चारकर्मी संग प्रतिक्रिया दिदै मनाङ मस्र्याङदीका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले अघिल्लो खेलको गल्तीलाई सुधार गरेर बुधवारको खेल खेलेको हुनाले नतिजा राम्रो भएको वताए । बुधवारको खेलमा खेलमा बिपक्षीलाई दवावमा पारेकै कारण वढी गोल गर्न सफल भएको उनको भनाइ रहेको थियो । उपाधीका लागी पनि बुधवार भएका कमजोरीलाइ सुधार गरेर खेल्ने गुरुङले वताए ।

त्यस्तै एपिएफका प्रशिक्षक जनक सिंङले आफ्नो टीम राम्रो भएतापनि बुधवार राम्रो खेल खेल्न नसकेको वताए । डिफेन्स र मिड फिल्डर राम्रो नभएकाले पनि आजको खेलमा गोल फर्काउन नसकेको उनको भनाइ रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button