३ महिनामै आर्मीलाई मनाङसंग बदला लिने मौका

पोखरा, १० बैशाख –

करीब ३ महिना अघि आहा रारा गोल्ड कपको फाईनलमा भिडेका नेपालको चर्चीत क्लव मनाङ मस्र्याङदी र विभागिय टोली त्रिभुवन आर्मी क्लव बिच शनिबार पोखरामा जारी मनकामना केबुलकार पोखरा कप २०७२ को उपाधिको लागि प्रतिष्प्रर्धा गर्ने भएका छन ।

यस सिजनमा मनाङ र आर्मी चौथो पटक आमुनेसामुने हुन लागेका हुन भने आर्मीले करीब ३ महिना वित्न नपाउदै मनाङसंग वदला लिने मौका पाएको छ । गत माघ १६ गते सम्पन्न आहा ! रारा गोल्डकपमा मनाङले आर्मीलाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो । त्यसपछि हेटौंडामा पनि मनाङले जित्यो भने झापा गोल्डकपमा आर्मीले जितेको थियो । यस अघी चालु सिजनमा ३ पटक भिड्दा मनाङले दुई पटक जितेको छ भने आर्मीले एक पटक । त्रिभुवन आर्मीले धरान फुटवल क्लवलाई पराजित गरी फाईनलमा यात्रा बनाएको हो भने समुह एमा रहेको मनाङले विभागिय टोली सशस्त्र प्रहरी वल एपिएफलाई पराजित गर्दै उपाधि भिड्न्तको लागि फाईनलमा यात्रा तय गरेको हो ।

करीब १० हजार दर्शकका बीच हुने उपाधि भिडन्तमा दुबै टिम आक्रमक रणनीतिमा उत्रिने तयारीमा छन् । उपाधि भिडन्त अघि शुक्रबार भएको प्रि–म्याच कन्फरेन्समा बोल्दै दुबै टिमका प्रशिक्षकले उपाधि जित्ने दाबी गरेका छन । मनाङका प्रशिक्षक छिरिङ लोप्साङले नयाँ सिजनका लागि च्वाईसका खेलाडी लिइएकाले उपाधि जित्नेमा आफू ढुक्क रहेको दाबी गरे । उनले भने,–‘आर्मी पनि राम्रो टिम हो तर हाम्रा सबै खेलाडी फिट छन्, सबै च्वाईसका खेलाडी छन् र मनोवल पनि हाम्रो उच्च रहेको छ किन की केहि महिनामै हामीले आर्मीलाई जितेका थियौंैं ।’

मनाङका कप्तान अनिल गुरुङले उपाधि भिडन्तका लागि पूर्ण रुपमा तयार रहेको जनाउदै उनले भने, ‘खेलमा जित्ने दुबैको बराबरी भएकोे जसले पहिले गोल गर्छ, उसैले जित्ने अवसर मिल्नेछ, हामी शनिबार पहिलो गोल गर्ने प्रयासमा हुनेछौं ।’ नेपाल आर्मीका प्रशिक्षक मेघराज केसीले आफुहरु शारीरिक रुपमा तथा प्राविधिक रुपमा मनाङ भन्दा केहि मजबुद भएको दाबी गरे । आफ्नो टिमको दाबेदाबी प्रस्तुत गर्देै उनले भने “ हाम्रो टिम स्पिरिट, हार्डवर्किङ र बलियो बेञ्च हाम्रो जित्ने आधार छ ।” कप्तान भरत खवासले मनाङ बलियो टिम भएकाले गोल नखाने रणनीति अप्नाएर गोल गर्ने प्रयास आफ्नो टिमको रहने जनाए ।

कास्की जिल्ला फुटवल संघ (एन्फा) कास्कीद्वारा आयोजित पोखरा कपको उपाधि बिजेताले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ तथा उपबिजेताले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल तथा उत्कृष्ट स्ट्राइकर, फरवार्ड, डिफेन्डर, गोलकिपर र उत्कृष्ट प्रशिक्षकले नगद १५÷१५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको खेल संयोजक मिलन गुरुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button