पोखरामा अनिश्चित कालिन प्याराग्लाईडीङ बन्द

पोखरा, १० बैशाख –

पर्यटकीय नगरी पोखरामा पछिल्लो क्रममा फस्टाउदै आएको साहासिक खेल प्याराग्लाईडीङ अनिश्चित कालिन बन्द भएको छ । प्याराग्लाईडीङ पाईलटले मासिक रुपमा पटके शुल्क नेपाल नागरीक उड्डयन प्राधिकरण पोखरा नागरीक उड्डयन कार्यालयलाई केहि महिना देखि नदिए पछि उत्पन्न भएको विवादको कारणले गर्दा पाईलटहरु आन्दोलनमा उत्र्रिदै काठमाण्डौं गए पछि पोखराको प्याराग्लाईडीङ हाल अनिस्चित कालिन वन्द भएको हो ।

पटके शुल्क खारेजीको माग गर्दै पाईलटहरु आन्दोनमा उत्र्रिए पछि पोखरामा तीन दिन देखि प्याराग्लाईडीङको कुनै पनि गतिविधि नभएको प्याराग्लाईडीङको संस्था नेपाल हवाई खेलकुद संस्था नाका अध्यक्ष योगेश भट्टराईले बताए । उनले भने “हामीले लाईसेन्स पाए देखि मासिक रुपमा तिर्ने गरेको पटके शुल्कः व्यवहारीक छैन, यसलाई तत्काल खारेज गरी बार्षिक एवं अन्य लाइसेन्सको प्रकृयाको आधारमा शुल्क लिनु पर्छ भन्दा प्राधिकरणले अटेर गरी बुधबार हाम्रा पाईलटहरुलाई प्याराग्लाईडीङ गर्न नदिएका कारणले गर्दा हामी आन्दोलनमा होमिन बाध्य भएका हौं । ” आन्दोलन कहिले सम्म भन्ने हाम्रो प्रश्नमा उनले प्राधिकरणले हाम्रो लागि पटके शुल्क खारेजी गर्ने निर्णय नभएसम्मको लागि आन्दोलन गरी व्यवसायीक रुपमा प्याराग्लाईडीङ नहुने बताए । १ सय ७ जनालाई पोखराबाट प्याराग्लाइडीङ पाईलटको गत भदौमा ईजाजत पत्र (लाईसेन्स) वितरण भएको थियो ।

हरेक प्याराग्लाईडीङ पाईलटले ईजाजत पत्र लिए पछि हरेक महिनामा कार्यालयलाई उडान शुल्कः ९ हजार ४० रुपैया तिर्नु पर्ने हवाई खेलकुद संस्था नाका उपाध्यक्ष सोवित वानियाले बताए । भदौं पछि मासिक रुपमा शुल्क तिर्नु पर्नेमा अधिकाशं पाईलटहरुले मासिक शुल्क नतिरेको वानियाले जनाए । साहासिक खेलको गतिविधि बढ्दै गए पछि केहि पाईलटहरुले भने विदेशबाट अनुमति पत्र लियर उडान भर्दै आएका थिए भने केहिले हवाई खेलकुद संस्था नाबाट अनुमति लिदै संचालन गरेका थिए । पर्यटकीय नगरी पोखरामा पछिल्लो क्रममा पर्यटकहरुको मुख्य आकषर्णको केन्द्र बन्दै आएको साहासिक खेल प्याराग्लाईडीङले पर्यटकहरुलाई आकषर्ण गर्दैै आएको छ। हाल पोखरामा ४५ वटा प्याराग्लाइएडीङ कम्पनीहरु रहेका छन । पोखरामा हाल १ सय २० जना जसो टेण्डम (व्यावसायीक) प्याराग्लाईडीङ पाईलट रहेका छन भने १ सय ५० जना सोलो (सिकारु) पाईलटहरु रहेको नाका महासचिव वसन्तराज दवाडीले बताए ।

विहिबार प्राधिकरणसंग एक चरणको वार्ता भए पनि विना निष्कर्षमा टुंगिएको नाका अध्यक्ष भट्टराईले बताए । प्राधिकरणबाट भदौं पछि हालसम्म जुन पाइलटहरुले प्राधिकरणलाई उडान शुल्क तिर्नु पर्ने हो त्यो तिरे पछि एक महिना पछि पटके शुल्क खारेजी हुने प्रस्ताप आए पनि पाईलटहरुले त्यो निर्णय मान्न तयार नभए पछि वार्ता निष्कर्ष विहिन भएको हो । प्राधिकरले भने पटके शुल्क नर्तिने पाईलटहरुलाई उडान गर्न नदिने पोखरा नागरीक उडड्यन कार्यालयका प्रमुख दिपक बरालले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button