समानता र समृद्धिका लागि स्रष्टा एवं कलाकारको भूमिका उच्च

पोखरा, १२ बैशाख – 

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको सन्दर्भमा पोखरामा रहेका स्रष्टा कलाकारको बीचमा नयाँ वर्ष २०७३ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एमाले क्षेत्र नं.३ कास्कीद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले स्रष्टा, कलाकारले संविधान बनाउन जुन महत्वपूर्ण भूकिा खेले, समानता र समृद्धिका लागि पनि निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उक्त अवसरमा लेखक नारायण परिश्रमीको आफ्नै सेरोफेरो आफ्नै परिवेश कृतिको लोकार्पण युवा संघ केन्द्रीय अध्यक्ष पहारी र एमाले कास्कीका उपसचिव प्रभा कोइरालाले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा राम नेपाली, पदम राज ढकाल, लक्ष्मण गौतम, जीवन दाहाल, धन बहादुर नेपाली लगायतले साहित्यिक रचना एवं गीत प्रस्तुत गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button