बिहिबार देखि प्याराग्लाईडीङ पुनः संचालनमा आउने

पोखरा, १५ बैशाख –

विगत ८ दिन देखि ठप्प भएको पोखराको प्याराग्लाइडीङ भोलि (विहिबार) देखि पुनः संचालनमा आउने भएको छ । प्याराग्लाईडीङ पाईलटहरुले उडान गरे वापतमासिक रुपमा पटके शुल्कतिर्ने प्रावधानलाई खारेजीको माग राख्दै काडमाण्डौं पुगेका व्यवसायीहरुलाई नेपाल नागरीक उड्डयन प्राधिकरणले वैशाख महिना भित्रमा उडान शुल्कःको बिषयमा नियमावली सम्सोधन गर्ने मौखिक सहमति दिए पछि उनीहरु आन्दोलन स्थगीत गरी विहिबारबाटै सेवा संचालन गर्ने भएका हुन ।

प्राधिकरणले आफुहरुलाई यही वैशाख महिना भित्रमा उडान शुल्कःको बिषयमा निमावली सम्सोधन गर्ने मौखिक आश्वासन दिएका कारणले आफुहरुको आन्दोलन हाल स्थगीत भएको प्याराग्लाईडीङ कम्पनी तथा पाईलटहरुको संस्था नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष योगेश भट्टराईले पोखरान्युजडटकमलाई बताए ।

आफुहरुले धेरै बर्षको सघर्ष पछि अस्थायी लाईसेन्स प्राप्त गरे पनि विदेशी पाईलटहरुको लागि तथा लाइसेन्स नभएका व्यक्तिहरुको लागि जस्तो पटके शुल्कःतिर्नु अव्यवहारीक भएको कारणले गर्दा उक्त निमावली खारेजीको माग राख्दै आफुहरु काठमाण्डौं पुगेको भट्टराईले जनाए । उनले भने “ विहिबारबाट पोखरामा प्याराग्लाईडीङ हुन्छ, लाईसेन्स लिएका पाइलटहरुको लागि पटके शुल्कःआवश्यक छैन तर यो समस्या समाधान नभएसम्मको लागि हामीले नागरीक उड्डन कार्यालयको नियमभित्र रहेर प्याराग्लाईडीङ गर्दछौं ।”प्राधिकरले भने पटके शुल्कन र्तिने पाईलटहरुलाई उडान गर्न नदिने पोखरा नागरीक उडड्यन कार्यालयका प्रमुख दिपक बरालले पोखरान्युजडटकमलाई बताए । उनले आफुहरुको अनुगमनको क्रममा शुल्क विना उडान गरेको भेटेमा कार्रवाही गर्ने चेतावनी दिएका छन । पहिलो पटक उडान शुल्कःनतिरी उडान गरेको भेटेमा ५ हजार, दोश्रोमा १० हजार तेश्रोमा १५ हजार जरीवाना गर्ने र चौथो पटक पनि उडान शुल्कःनतिरी उडान गरेको अनुगमनको क्रममा भेटेको खण्डमा लाईसेन्स समेत खारेज गर्ने उनले दाबी गरे ।

नागरीक उड्डयन कार्यालयले लाईसेन्स वितरण गरेर मासिक रुपमा उडान शुल्कःलिनु कुनै व्यवहारीक नभएको बताउदै नाका महासचिव वसन्तराज दवाडीले वैशाख भित्र पनि शुल्कको बिषयमा सम्सोधन नभए आफुहरु अदालत जाने चेतावनी दिएका छन । उनले पोखरान्युजडटकमलाई भने “लाईसेन्स प्राप्त भएकोले पटके शुल्क लिनु कानुनमै नभएको शुल्क हामीले तिर्नु परेको छ, प्राधिकरणले उडान शुल्क उठाउन हतार गर्ने तर पाईलटकहरुको सुरक्षाको बिषयमा पनि गम्भीर हुनु पर्यो । ”प्याराग्लाईडीङ पाईलटले मासिक रुपमा पटके शुल्क नेपाल नागरीक उड्डयन प्राधिकरण पोखरा नागरीक उड्डयन कार्यालयलाई केहि महिना देखि नदिए पछि उत्पन्न भएको विवादको कारणले गर्दा पाईलटहरु आन्दोलनमा उत्र्रिदै काठमाण्डौं गए पछि पोखराको प्याराग्लाईडीङ ८ दिनसम्म बन्द भएको हो । १ सय ७ जनालाई पोखराबाट प्याराग्लाइडीङ पाईलटको गत भदौमा ईजाजतपत्र (लाईसेन्स) वितरण भएको थियो । हरेक प्याराग्लाईडीङ पाईलटले ईजाजत पत्र लिए पछि हरेक महिनामा कार्यालयलाई उडान शुल्कः ९ हजार ४० रुपैया तिर्नु पर्ने हवाई खेलकुद संस्थानाका उपाध्यक्ष सोवित वानियाले पोखरान्युजडटकमलाई बताए ।

भदौं पछि मासिक रुपमा शुल्क तिर्नु पर्नेमा अधिकाशं पाईलटहरुले मासिक शुल्क नतिरेको वानियाले जनाए । साहासिक खेलको गतिविधि बढ्दै गए पछि केहि पाईलटहरुले भने विदेशबाट अनुमति पत्र लियर उडान भर्दै आएका थिए भने केहिले हवाई खेलकुद संस्था नाबाट अनुमति लिदै संचालन गरेका थिए ।पर्यटकीय नगरी पोखरामा पछिल्लो क्रममा फस्टाउदै आएको साहासिक खेल प्याराग्लाईडीङ लगातार ८ दिन आन्दोलनका कारणले गर्दा वन्द हुदा करीब एक करोड ५० लाखको कारोवार ठप्प भएको छ । हाल पोखरामा ६० वटा प्याराग्लाइएडीङ कम्पनीहरु रहेका छन । पोखरामा हाल २ सयजनाभन्दा बढीले प्याराग्लाईडीङ गर्ने गरेको नाका सचिव कृष्ण भण्डारीले बताए । आधा घण्टा प्याराग्लाईडीङ गरेको ८ हजार ५ सय रुपैया शुल्कःनिर्धारण गरीएको छ । ६० वटा कम्पनीमा आवद्ध मजदुर र त्यसबाट लाभान्वीत हुने पर्यटक तथा पाईलटहरुको ८ दिन प्याराग्लाईडीङ ठप्प हुदा एक करोड ५० लाखभन्दा बढीको कारोवार ठप्प भएको सचिव भण्डारीले दाबी गरे । आन्दोलनमा काठमाण्डौं पुगेको पाईलटहरुको एक टोली मंगलबार वेलुका पोखरा फर्कि सकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button