नेपाल स्पोर्टस फिल्म फेस्टिभल सम्पन्न

पोखरा, १७ बैशाख –

पोखरामा पहिलोपटक नेपाल पर्यटन बोर्डको अग्रसरतामा शुक्रवार नेपाल स्पोर्टस फिल्म फेस्टिभल २०१६ आायोजना भएको छ । फेस्टिभलमा नेपालका ४ वटा खेलकुद वृत्तचित्र प्रदर्शित गरिएको थियो । खेलकुद र फिल्मलाई जोड्ने माध्यमको रुपमा अगाडी वढाउनु स्पोट्र्स फिल्म फेस्टिभलको उदेश्य रहेको थियो ।

स्पोर्टस फिल्म फेस्टिभल २०१६ मा भोजराज भाटले निर्देशन गरेको सुनकली, गिरीश गिरी द्वारा निर्देशित टिम नेपाल,सूर्य थपलिया ले निर्देशन गरेको वियोण्ड द बाउण्ड्री र विजय गजमेर द्वारा निर्देशित आकाश रहेका थिए ।

सो अवसरमा पश्चिमाञ्चल क्षेत्रिय प्रशासक संकर प्रसाद कोइरालाले पोखराका खेल पत्रकार सुदर्शन रन्जितले खिचेको फोटोको पोस्टर अनावरण गर्नु भएको थियो । रञ्जितले खिच्नु भएको फोटोलाई पर्यटन वोर्डले पोष्टरको रुपमा प्रकाशित गरेको छ । सो फोटो सन २००७ का लागि आइसिसिको एसिसि क्षेत्रीय अवार्ड पाउन समेत सफल भएको थियो ।

सो अवसरमा वृत्तचित्र निर्माणका विबिध पक्षहरुको ज्ञान दिने उधेश्य सहित कार्यशाला समेत आयोजना गरिएको थियो । कार्यशालालाई मण्डला थिएटरको सहकार्यमा निर्देशक मनोज पण्डितले सहजीकरण गर्नुभएको थियो ।

फेस्टिभलमा नेपाल स्पोर्टस फाउन्डेशन, रोट्रयाक्ट पोखरा, नेपाल खेलकूद पत्रकार मन्च कास्की, आइसफल प्रोडक्शन, लेक टाउर्स होटल, पोखरा इको रिसोर्ट लगायत संस्थाहरुको सहकार्य रहेको थियो भने कार्यक्रममा पर्यटन व्यवसायी, खेलाडी, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

नेपाल पर्यटन वोर्ड पोखराका वरिष्ठ अधिकृत सूर्य थपलियाले यस प्रकारका कार्यक्रमले यस क्षेत्रको खेलकुद पर्यटनमा सहयोगी भुमिका खेल्ने वताउनुभएको छ । कार्यक्रममा पोखरा विरौटा स्थित विरौटा युवा क्लवका अध्यक्ष सुर्य वरालले क्लवको संयोजनामा आन्तरिक पर्यटन प्रवद्धनका लागि ताल देखि ताल सम्मको यात्रा गरिने जानकारी दिएका छन । उनले अव चाडैनै फेवा ताल देखि रारा ताल सम्म साइकल यात्री हरु सहित पुग्ने वताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button