अमेरीकन हिपहपले तात्यो पोखरा

पोखरा १७, वैशाख
युवा बर्गहरुलाइ लक्षित गरी सुक्रबार पोखरामा अमेरिकन हिपहप कार्यक्रम आयोजना भयो । अमेरीकन राजदुतावासको आयोजनामा पोखराको वसुन्धरा पार्कमा भएको निशुल्क कन्सर्टमा बहुभाषी, बहुजातीय अफ्रिकी अमेरीका जापानी महिला आईशा फुकुशिमाले करीब एक दर्जन गित प्रस्तुतः गर्दै नेपाल भूकम्पबाट पहिलाकै अबसथामा फर्किन लागेको बताईन ।

अमेरिकी कलाकार आईशाद्धारा गित प्रस्तुत गर्दै भूकम्पबाट थलिएको नेपाल पहिलाकै अबस्थामा उन्मुख भएको दाबी

फुकुशिमाको पहिलो पटक पोखरामा भएको प्रस्तुतीले पोखरा तातेको थियो । जष्ट ब्रेथ, मिसीङ यु, पोइट्री लगाएतका गित प्रस्तुत गर्दा उनलाई साथ दिदै पोखरेलीहरु नाच्दै रमाएका थिए । उनले समाजमा विभेद अन्त्य गर्दै एक भएर विकास निमार्णमा जुट्न आग्रह गर्दै यस्ता सांङगीतीक कार्यक्रमले दुई देशको सम्बन्धलाई समेत प्रगाढ पार्ने दाबी गरीन । उनले यो मन त मेरो नेपाली हो गित गाउदा सहभागिहरु संगै गित गाउदै नाच्न व्यस्त भएका थिए । नेपाल फेरि उठ्ने छ भन्ने गित सेमत उनले अन्तयमा गायकी हुन । गित प्रस्तुतः गर्दै फुकुशिमाले नेपाल भूकम्पबाट पहिलाकै अबसथामा फर्किन लागेको बताईन।

प्रसिद्ध गाएक रविन एण्ड द न्यू रेभुलेसनले जती मया लाए पनि लगाएतका गित प्रस्तुत गर्दा स्थानीय व्याण्ड मिलन एण्ड आर्टिष्टका भोकलिष्ट मिलन गुरुङले आउदै छु फर्केर, स्वतन्त्र जिवन लगाएतको गित प्रस्तुत गरे । भूकम्पको पिडा अझै बाँकी रहेको बेलामा नेपाल पून उठ्ने छ भन्ने नाराका साथ अमेरिकी दुतावासको आयोजनामा भएको कन्सर्टमा अन्य स्थानीय कलाकारहरुले समेत प्रस्तुती राखेका थिए ।

यसै बिच वैशाख ११ गते काठमाण्डौंको भृकुटी मण्डपमा भूकम्प स्मृति निशुल्क सार्वजनिक कन्र्सट भईसकेको छ ।हिपहप सांस्कृतिक तथा नेपालको युवा सक्रियता बिच सम्बन्ध स्थापित गर्नको लागि अमेरीकि दुतावासले हपिहप संङगीतकर्मी आइृशा फुशुशिमा र उनको ब्याण्डलाई नेपालमा आमन्त्रण गरेको हो । अमेरीकी कला व्यवसायहरु कार्याशाला गोष्ठी संचालन गर्न प्रस्तुती दिन र युवाहरुलाई परामर्श दिनको लागि पनि विदेश भ्रमण गरी यस्ता कार्यक्रम दिदै आएको हो ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button