पोखरामा प्लाष्टिक र प्लाष्टिकका गिलास प्रयोगमा नल्याउन आग्रह

पोखरा, १९ चैत्र – 

पोखरा उपमहानगरपालिका वडा नं.५ स्थित नमूना आदर्श आमा समूहको वार्षिक कार्यतालिका अनुसार आफ्नो टोल क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

नयाँ वर्षको आगमनको अवसर पारेर यस समूहले आप्नो संस्थामा आवद्ध महिला सदस्यहरुको सक्रियतामा वर्षेनी सरसफाई कार्य गर्दै आइरहेको छ ।

समूहका अध्यक्ष कालिका थापाको नेतृत्वमा सम्पन्न सरसफाई कार्यक्रम अन्तर्गत जिरो किमी, गहनमार्ग, फेवामार्ग वरिपरि सरसफाई, वशाल मार्ग, गहनमार्ग तथा मालेपाटन खेलमैदानको सरफाई गरेको थियो । कार्यक्रमबाट त्यस क्षेत्रमा रहेको ३ ट्रक फोहोर संकलन गरी पोखरा उपमहानगरपालिकाको सहयोगमा फालिएको थियो ।

सोही अवसरमा आमा समूहबाट पोखरामा प्लाष्टिक र प्लाष्टिकका गिलास नयाँ वर्ष २०७३ बाट प्रयोगमा नल्याउन आग्रह गर्दै वडा बासीहरुमा त्यस सम्बन्धमा जनचेतना फैलाउन सहयोग गर्न समेत आवद्ध सदस्यहरुलाई आग्रह गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button