नेपाल स्वास्थ्यकर्मी संघको नियमित बैठक

पोखरा, १९ चैत्र –

नेपाल स्वास्थ्यकर्मी संघ पश्चिमाञ्चल क्षेत्रीय समितिको बृहत्तर नियमित बैठक शुक्रवार सम्पन्न भएको छ ।

बैठकले संगठनको सांगठानिक गतिविधि तथा स्वास्थ्यकर्मीहरुको ट्रेड युनियन हक, आर्थिक प्रस्ताव लगायतका विषयमा छलफल भएको क्षेत्रीय अध्यक्ष नारायण बरालले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रिय सदस्य तेनाखर लम्साल, जिल्ला अध्यक्ष उदयराज तिवारी लगायतले बोल्नुभएको थियो ।

सोहि अवसरमा हालै निर्वाचनको दौडमा रहेको नेपाल निजामति कर्मचारी युनियन (संघ) का जिल्ला प्रतिनिधिहरुको अन्तरक्रिया समेत गरिएको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button