शैक्षिक माफियाहरुको नाम सहितको होडिङ्ग बोर्ड लेखेर सार्बजजिक स्थलमा राखिने

पोखरा, २४ चैत्र –

एकिकृत नेकपा माओबादी निकट अखिल क्रान्तिकारीका कास्की जिल्लाका सहसचिव बिप्लव भण्डारी, जनप्रिय बहुमुखी क्याम्पसका संयोजक सबिन घिमिरे लगायत करिब १५ जना बिद्यार्थिहरु बिप्लव नेतृत्वको नेकपा माओबादी निकट बिद्यार्थि संगठनमा प्रबेश गरेका छन ।

पोखरामा बुधबार पत्रकार सम्मेलन गरेर उनिहरुले अब देखी क्रान्तिकारी पार्टी निकटको बिद्यार्थि संगठनमा गोलबद्ध भएको बताए । एमोबादी भित्र ब्याक्तिबाद हावि भएको र बिद्यार्थिका मुद्धालाई बार्गेनिङ्ग गरेर खाने प्रचलन बढेको भण्डारीले बताए । आफुहरु संगठन चुस्त र क्रान्तिकारी बनाउने प्रयास गरे पनि नेतृत्वको असयोगका कारण आफुहरुले उक्त संगठन छोड्न परेको समेत उनले बताए ।

पत्रकार सम्मेलनमा अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य लोकेश बि.कले अब नयाँ बर्ष संगै शैक्षिक माफियाहरुको नाम सहितको होडिङ्ग बोर्ड लेखेर सार्बजजिक स्थलमा राखिने बताए । देशमा माफियाहरुको बिग बिगी बढेको भन्दै उनले त्यति गर्दापनि नसच्चीए अन्य कदम चालीने चेतावनी पनि दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button