वृहत सरसफाई तथा प्लाष्टिक निषेध सचेतना कार्यक्रम

पोखरा, २४ चैत्र –

पोखराको पुरानो बजार साँघुमुख महेन्द्रपुलमा वृहत सरसफाई तथा प्लाष्टिक निषेध सचेतना कार्यक्रमको शुरुवात भएको छ ।

पोखराको मुख्य बजारको रुपमा परिचित महेन्द्रपुललाई सफा, हराभरा बनाई पर्यटकीय व्यापारिक स्थलको रुपमा विकसित गराउन स्थानीयद्वारा साँघुमुख वातावरण मैत्री विकास उपभोक्ता समितिको आयोजनामा साँघुमुख टोल विकास संस्था, महेन्द्रपुल युथ क्लव, महिला जागरण संस्थाको सहकार्यमा शुरुवात गरेको वातावरणीय प्रभावकारी कार्यले स्थानीयलाई सचेतना गराउन महत्वपूर्ण भूमिका खेलेको समितिका अध्यक्ष इन्द्र कमल मानन्धरले बताउनुभयो ।

पोखरा उपमहानगरपालिकाले लिएको वातावरणीय प्रभावलाई मूल्याङ्कन गरी प्लाष्टिक झोला निषेध गरौं, वैकल्पिक झोला प्रयोग गरौं भन्ने अभिप्रायले शुरुवात गरिएको कार्यक्रमलार्य जनस्तरबाट सहयोग गर्नुपर्ने नागरिक समाजका अध्यक्ष रामबहादुर पौडेलले बताए ।

कार्यक्रममा पोखरा उपमहानगरपालिकाका वातावरण अधिकृत निर्मलमान भण्डारीले वातावरण सफा, स्वच्छ राख्न स्थानीयको सहभागिता रहे पोउमनपाले सहयोग गर्ने र वातावरण विरोधी कृयाकलापहरु भएमा कडा कारवाही गरिने बताए ।

उपभोक्ता समितिका अध्यक्ष इन्द्रकमल मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ९ का वडा सचिव लोकदर्शन कोइराला, सचिव रामहरि पौडेलले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रम अन्तर्गत महेन्द्रपुल एरियामा वृहत सरसरफाई तथा वैकल्पिक झोला वितरण गरिएको यस कार्यलाई निरन्तरता दिदै जाने अध्यक्ष मानन्धरले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button