महिला स्वास्थ्य स्वयमसेवीकाका लागि प्राथमिक उपचार तालिम

पोखरा, २५ चैत्र –

महिला स्वास्थ्य स्वयमसेवीकाका लागि प्राथमिक उपचार र सडक सुरक्षाबारे चारदिने तालिम पोखरामा शुरु भएको छ ।

सो अवसरमा बोल्दै नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपसभापति दण्डराज शर्माले दुर्घटना वृद्धिसँगै प्राथमिक उपचारको महत्व बढ्दै गएको बताउनुभयो । उहाँले दुर्घटनामा परि घाइते भएका विरामीलाई प्राथमिक उपचार प्रदान गर्नाले थप जटिल हुनबाट जोगाउन सकिने बताउनुभयो ।

पोखरा, हेम्जा र ढिकुरपोखरीमा कार्यरत २४ जना महिला स्वयमसेवीकाको तालिममा सहभागिता रहेको छ । तालिममा राजेश घिमिरे, सिता तिमिल्सिना, सिवानी बास्तोला, सरिता पौडेल र रेखा ढकालले सहजिकरण गर्नुहुने छ ।

फिल्ड अफिसर प्रतिभा सापकोटाले नेपाल रेडक्रस सोसाईटी कास्की शाखा प्राथमिक उपचार र सडक सुरक्षा कार्यक्रम अन्र्तगत सो कार्यक्रम कास्कीमा कोत्रेदेखि लुम्लेसम्म सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button