पोखरामा चैत्र २६ गते शक्ति, गृहलक्ष्मी र जानकीको ग्यास वितरण हुने – विवरण सहित

पोखरा, २५ चैत्र –

पोखरामा मिति २०७२।१२ ।२६ गते गृहलक्ष्मी, शक्ति र जानकीको खाना पकाउने एल.पी. ग्याँस वितरण हुने भएको छ । जिल्ला प्रशासन कार्यलयका अनुसार कास्की जिल्लाको पोखरा क्षेत्रमा रहेका ग्याँसका ३४ ओटा बिक्रेताबाट शक्ति, २८ ओटा बिक्रेताबाट गृहलक्ष्मी र ८ ओटा बिक्रेताबाट राजधानीको पुरा ग्याँस सिलिण्डर वितरण हुने भएको हो ।

         

                     पोखरामा मिति २०७२।१२।२६ गते शक्तिको ग्याँस निम्न विक्रेताहरुबाट निम्न परिमाणमा वितरण गरिदैछ-

shakti gas 1

shakti gas 2

shakti gas 3

shakti gas 4

               

                     पोखरामा मिति २०७२।१२।२६ गते गृहलक्ष्मीको ग्याँस निम्न विक्रेताहरुबाट निम्न परिमाणमा वितरण गरिदैछ-

gl gas

                       पोखरामा मिति २०७२।१२।२६ गते जानकीको ग्याँस निम्न विक्रेताहरुबाट निम्न परिमाणमा वितरण गरिदैछ-  

janaki gas 1

janaki gas 2

यसैबीच ग्याँस लिनको लागि प्रत्येक डिलरकोमा विगतको विक्री परिमाणको अनुपातमा संख्या निर्धारण गरी ग्याँस झार्ने व्यवस्था सम्बन्धित ग्याँस कम्पनीले मिलाउनु पर्ने समेत जिल्ला प्रशासन कार्यलयले जनाएको छ । प्रत्येक विक्री केन्द्रमा पहिले आउने उपभोक्ताले सम्वन्धित कम्पनीको खाली सिलिण्डर बुझाएपछि रु.१४००।– (चौधसय) तिरी १४.२ के.जी. को ग्याँस सिलिण्डर पाउने छन  । ग्याँस विक्री वितरण गर्दा खटिएका सुरक्षाकर्मी, स्थानीय नागरिक समाज, टोल सुधार समिति, आमा समूहको रोहवरमा उपभोक्ताको नाम, ठेगाना, उपभोक्ताको मोवाइल नं. र हस्ताक्षर सहितको अभिलेख राखी वितरण गर्न र सो को अभिलेख जिल्ला प्रशासन कार्यालय, कास्कीमा बुझाउनु पर्ने समेत प्रशासनले उल्लेख गरेको छ  ।

ग्यास  वितरणमा सुरक्षाको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी वलले समन्वयात्मक रुपमा मिलाउने   प्रशासनले जनाएको  छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button