आलु महोत्सवमा दर्शको ओइरो

पोखरा, २५ चैत्र –

सातौ हेमजा आलु महोत्सवमामा बिहिबार दर्शकहरुको ओइरो लागेको छ। महोत्सवमा आलुका परिकारका स्वादमा दर्शकहरुको आकर्षण वढेको थियो ।

महोत्सव धेरै हुन्छन् तर यो महोत्सव अरु महोत्सव भन्दा फरक छ महोत्सवमा आएका दर्शकले भने– आलुको परिकार खानका लागि महोत्सवमा आएका हौ। महोत्वसवको तेस्रो दिन सम्म भित्र वाहिर गरि ४५ लाख आलुको कारोवार ४० हजार दर्शकले मेला अवलोकन गरेको प्रचार प्रसार उपसमति संयोजक परशुराम अधिकारीले जानकारी दिए ।

विहिबार महोत्सवका कोमल ओली, राजन कार्की, पूर्ण परियार, सिता केसी, ज्योति लोहोनी, दिलु लामा र हास्य तर्फ पोखरेली माग्ने वुढा र धुर्मुसको प्रस्तुती रहेको थियो। शुक्रबार प्रजापति पराजुली, शिशिर देवकोटा, कृष्ण अखेली, टेक क्षेत्री, कृष्ण सुवेदी, लक्ष्मी नेपाली, काजल गुरुङ र हास्य तर्फ भोक लाग्यो देवीराम पराजुली, शिवहरी वैरागीको प्रस्तुती रहने साँस्कृतिक उपसमिति संयोजक विजय केसीले जानकारी दिए ।

सुन्दर ठाउँ हेमजा जाऊ आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको महोत्सव ३० गते सम्म हेमजाको विष्णुपादुका खेलमैदानमा चल्ने छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button