अनेरास्ववियु कास्कीले कपि कलम अभियान संचालन गर्ने

पोखरा, २७ चैत्र –

शैक्षिक शत्र २०७२ आम नेपाली जनताको चाहना अनुरुप सुखद रहन सकेन । केही आशा सहित सुरुवात भएको शैक्षिक सत्र बर्ष २०७३ मा सबै सिमान्तकृत ,पिछडिएका बालबालिकालाइ शिक्षाको अवसर प्रदान गर्ने हेतुका साथ अनेरास्ववियु कास्कीले कपि कलम अभियान संचालन गर्ने भएको छ । अनेरास्ववियु संगठन बिभाग कास्कीका प्रमुख एवम जिल्ला कमिटी उपाध्यक्ष लक्ष्मण तिमिल्सिनाको संयोजकत्वमा संचालित अभियान १ महिना सम्म चल्ने छ ।

अभियान अन्तर्गत बिद्यालय जान बाट बञ्चित बालबालिकालाइ बिद्यालय भर्ना एवम कपि कलम बितरण गरिने छ । कपि कलम नपाएर बिद्यालय जान बाट बञ्चित बालबालिकालाइ बिद्यालय पुग्ने अवसर प्रदान गर्न अनेरास्ववियुले कपि कलम अभियान संचालन गर्न लागेको अनेरास्ववियु केन्द्रिय सदस्य आर्शिवाद सुबेदीले जानकारी दिएका छन । यस्तै अनेरास्ववियु कास्कीले बिद्यालय संचालक हरुलाइ समेत चन्दाको साटो गरीब जेहन्दार छात्रबृत्ति खुल्ला प्रतिस्पर्धा बाट प्रदान गर्दै बालबालिकालाइ शिक्षाको अवसर प्रदान गरी दिनका लागि आग्रह गरेको छ । कपि कलम अभियान अन्तर्गत अभियानमा हातेमालो गर्न चाहने सहयोगदाताहरुलाइ कपि कलम सहयोग गरीदिन आग्रह गरेको छ । अनेरास्ववियु कास्कीले यस अभियानका लागि आर्थिक सहयोग भने नलिने जनाएको छ ।

शिक्षामा सबैको पहुच पुर्याउनका साथै शिक्षामा निरन्तरताका लागि अभियान संचालन गर्नु परेको अनेरास्ववियु केन्द्रिय अनुशासन आयोगका सदस्य अर्जुन अधिकारीले बताएका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button